बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सस्तो मूल्यमा महिला लघुवित्तको सेयर किन्ने अवसर, एकैदिन घट्यो १३१३ रुपैयाँ 

बिहीबार , फागुन ४ २०७९
सस्तो मूल्यमा महिला लघुवित्तको सेयर किन्ने अवसर, एकैदिन घट्यो १३१३ रुपैयाँ 

काठमाडौं- महिला लघुवित्तको सेयर सस्तो मूल्यमा खरिद गर्ने अवसर आएको छ। कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो। बुक क्लोजपछि कम्पनीको सेयर समायोजन गरिएको छ।

कम्पनीको सेयर २७६५.४२ रुपैयाँमा खरिदको अवसर आएको छ। कम्पनीको सेयर बिहीबार मात्रै ४०७९ रुपैयाँमा कारोबार भएको थियो। योसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३१३ रुपैयाँ घटेको हो। 

कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ४७.५० प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।


प्रकाशित : बिहीबार , फागुन ४ २०७९१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend