बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

अर्थमन्त्री हट्ने हल्लाले गइरहेको हो सेयर बजारमा पहिरो?

यो साता चार कारोबारमै ११२ अंकले घट्यो

बिहीबार , फागुन ४ २०७९
अर्थमन्त्री हट्ने हल्लाले गइरहेको हो सेयर बजारमा पहिरो?

काठमाडौं- वृद्धितर्फ बढ्ने आश गरिएको सेयर बजारमा लगातार गिरावट आएको छ। नयाँ सरकार आएसँगै सुधारतर्फ बढेको भनिएको सेयर बजार उतारचढावमा रहँदै ओरालो लागेको हो। पछिल्लो समय पुनः सरकार हट्ने र हटाउने खेल सुरु भएपछि लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। 

यो साता समग्रमा बजारमा ११२.३३ अंकको गिरावट देखिएको छ। साताभर नकरात्मक देखिएको सेयर बजार अन्तिम दिन बिहीबार २१.१५ अंकले घटेर २०७०.४१ बिन्दुमा झरेको छ। बजारमा १ अर्ब ६८ करोड रुपैयाँको मात्र कारोबार भएको छ।

पछिल्लो समय राजनीतिक जोडघटाउ बिग्रिरहेको र एमाले सरकारबाट बाहिरिँदा अर्थमन्त्रीबाट विष्णु पौडेल हट्ने हल्लाले सेयर बजारमा प्रभाव परिरहेको छ। पौडेल अर्थमन्त्री हुँदा पुँजी बजारलाई ध्यान दिने र नियमित छलफलमा रहँदै समस्या समाधानमा ध्यान दिने आश्वस्तताले सेयर बजार सकारात्मक हुँदै आएको पाइन्छ।

यता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा समेत नीतिगत रुपमा सुधार नभएपछि लगानीकर्ता निराश छन्। लगानीकर्ताले आश गरेअनुरुप मौद्रिक नीतिले पुँजी बजारलाई सम्बोधन गरेन। 

यो साता आइतबार ६०.८८ अंकले घटेर सोमबार बन्द रहेको बजार मंगलबार पुनः घटेको थियो। मंगलबार १६.४० अंकले घटेर २१०५.४६ बिन्दुमा झरेको बजार बुधबार पुनः घटेको थियो। बुधबार १३.९० अंकले घटेर बजार २०९१.५६ बिन्दुमा झरेको थियो।

सेयर बजारका लगानीकर्ताप्रति सकारात्मक हुँदै सरकारले निरन्तर दिलाउन खोजेको आशाका बीच बजार बढ्न सकेको छैन। बजारले आश गरेअनुरुप नीतिगत सम्बोधन नभेटेपछि लगानीकर्तामा दोधार बढेको विश्लेषकहरू बताउँछन्। नयाँ सरकार आएसँगै पुँजी बजारलाई ध्यानमा राखेर अघि बढ्ने घोषणा बारम्बार भइरहँदा त्यसअनुरुप कदमहरू भने देखिएको छैन।


प्रकाशित : बिहीबार , फागुन ४ २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend