बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

सुनको मूल्यमा लगातार गिरावट

images
बिहीबार , फागुन ४ २०७९
images
images
सुनको मूल्यमा लगातार गिरावट

बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ। गएको माघ १९ गते सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो। त्यसयता सामान्य उतारचढाव देखिएको सुनको मूल्यमा पछिल्लो केही दिनयता लगातार घटिरहेको छ। 

images
images
images

बिहीबार पनि सुन तथा चाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा सुनको मूल्य ६ सय र चाँदीको मूल्य ५ रुपैयाँ घटेको हो।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका लागि छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेर १ लाख ३ हजार रुपैयाँ कायम भएको छ। 

images

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको हो। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   

images


प्रकाशित : बिहीबार , फागुन ४ २०७९०५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend