बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

मोटर बाटो नभए पनि कृषि उद्योगलाई सस्ताे ब्याजदरमा २० लाखसम्म ऋण अनिवार्य

बिहीबार , फागुन ४ २०७९
मोटर बाटो नभए पनि कृषि उद्योगलाई सस्ताे ब्याजदरमा २० लाखसम्म ऋण अनिवार्य

काठमाडौं- उत्पादनमूलक उद्योगमा बैंकहरूले आधार दर (बेस रेट) मा दुई प्रतिशतसम्म मात्र प्रिमियम थप गरेर ऋणको ब्याज तोक्नुपर्ने भएको छ। 

राष्ट्र बैंकले गत मंगलबार जारी गरेकाे एकीकृत निर्देशनअनुसार अब शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा दुई प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्ने व्यवस्था गरेको हो।

यसबाहेक दुई करोड सम्मको खाद्यान्न उत्पादन, पशुपक्षी, मत्स्यपालन, निर्यातजन्य उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय, उद्यम व्यवसायमा पनि आधार दरमा दुई प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्ने व्यवस्था छ।

२० लाख सम्मका यस्ता कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्ने व्यवस्था यथावत राखिएको छ। 

प्रत्येक शाखाले यस प्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको ७ दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने राष्ट्र बैंकको निर्देशनमा छ।


प्रकाशित : बिहीबार , फागुन ४ २०७९०५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend