सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३
यती जहाज दुर्घटना

विस्तृत अध्ययन गरेर पोखरा विमानस्थलमा उपयुक्त उडान मार्ग तय गर्न सुझाव 

बुधबार, फागुन ३ २०७९
विस्तृत अध्ययन गरेर पोखरा विमानस्थलमा उपयुक्त उडान मार्ग तय गर्न सुझाव 

विस्तृत अध्ययन गरेर उपयुक्त उडान मार्ग तय गर्ने र जसले निश्चित भिज्युअल एप्रोचका लागि अनुमति दिने प्रणाली बनाउन निर्देशन दिएको छ। 

काठमाडौं- यती एयरलाइन्सको जहाज दुर्घटनाको बारेमा जाँचबुझ गर्न गठन भएको समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अन्तरिम सुरक्षा सुझाव दिएको छ। 

समितिले प्राधिकरणलाई पोखरा विमानस्थलको धावनमार्ग १२ मा अवतरण गर्दा भिज्युअल एप्रोच तय गर्नका लागि निश्चित उडानमार्ग तय गर्न सुझाव दिएको छ। 

विस्तृत अध्ययन गरेर उपयुक्त उडान मार्ग तय गर्ने र जसले निश्चित भिज्युअल एप्रोचका लागि अनुमति दिने प्रणाली बनाउन निर्देशन दिएको छ। 

पोखराको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा भिज्युअल एप्रोच पुन: सुरु गर्नुपहिले यस्तो अध्ययन गरि उपयुक्त मार्ग तय गर्न समितिले सुझाव दिएको हो। 

यती एयरको जहाज दुर्घटनामा जाँचबुच आयोगले देखेका तीन विषय, थप अध्ययनपछि विस्तृत रिपोर्ट आउने यती एयरको जहाज दुर्घटनामा जाँचबुच आयोगले देखेका तीन विषय, थप अध्ययनपछि विस्तृत रिपोर्ट आउने

प्रकाशित : बुधबार, फागुन ३ २०७९११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend