सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

यती एयरको जहाज दुर्घटनामा जाँचबुच आयोगले देखेका तीन विषय, थप अध्ययनपछि विस्तृत रिपोर्ट आउने

बुधबार, फागुन ३ २०७९
यती एयरको जहाज दुर्घटनामा जाँचबुच आयोगले देखेका तीन विषय, थप अध्ययनपछि विस्तृत रिपोर्ट आउने

काठमाडौं- यही माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको एटीआर ७२ जहाज सेती खोचमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा चालक दलका चार सदस्यसहित ७२ जनाको ज्यान गएको थियो। जहाज दुर्घटनाको अनुसन्धानका लागि सरकारले दुर्घटना जाँचबुझ आयोग गठन गरेको थियो।

आयोगले प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेको छ। जसमा तीन विषयमा केन्द्रित रहेर अध्ययन गर्ने आयोगले उल्लेख गरेको छ। दुर्घटनाको सम्भावित कारणका रुपमा लिइएका तिनै तीन विषयमा रहेर अध्ययन हुने जनाइएको छ। सोही तीन विषयमा अब थप अनुसन्धानसहित पूर्ण रिपोर्ट आउने आयोगको भनाइ छ।

बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा समस्या देखिएकाले यसमै केन्द्रित रहेर थप अध्ययन हुने आयोगका सदस्यसचिव वुद्धिसागर लामिछानेले बताएका छन्। दोस्रोमा मानवीय कारणको खोजी हुने उनले बताए। यस्तै रनवे-१२ मा भिजियुल एप्रोचका बारेमा पनि अध्ययन हुने प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ। 

विस्तृत अध्ययन गरेर पोखरा विमानस्थलमा उपयुक्त उडान मार्ग तय गर्न सुझाव  विस्तृत अध्ययन गरेर पोखरा विमानस्थलमा उपयुक्त उडान मार्ग तय गर्न सुझाव 


प्रकाशित : बुधबार, फागुन ३ २०७९११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend