बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

राष्ट्र बैंकको सर्वेक्षण भन्छ - मूल्यवृद्धि अझै एकवर्षसम्म रहन्छ

बुधबार, फागुन ३ २०७९
राष्ट्र बैंकको सर्वेक्षण भन्छ - मूल्यवृद्धि अझै एकवर्षसम्म रहन्छ

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्यांकले मूल्यवृद्धि घटेको देखाएपनि उपभोक्ताले राहत पाएका छैनन्। राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण गरेको छ। 

२०७९ पुष २४ देखि पुष ३० सम्म विभिन्न ६० बजार क्षेत्रका व्यक्तिहरूसँग अन्तर्वार्तामार्फत सम्पन्न गरेको सर्वेक्षणमा मूल्यवृद्धि अझै एकवर्ष नघट्ने अनुमान गरेका छन्।

राष्ट्र बैंकले २ हजार १० जना उत्तरदाताहरूसँग गरिएकोसर्वेक्षणलाई आधार बनाएर सर्वेक्षण सार्वजनिक गरेको छ। ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन्। त्यसैगरी ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्।

अबकोतीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ। खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज २०७९ को तुलनामा बढेको छ।

गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा केही घटेको छ। 

खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध तथा घ्यू; पेय पद्घार्थ तथा सूर्ती र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूह, गैरखाद्य तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको एक वर्षमा मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूका हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ। 

तीन महिना पछि र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति २०७९ असोजकोतुलनामा समान रहेको छ भने तीन महिना पछिको औसत  र एक वर्ष पछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ। तीन महिना र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको छ। 

यस्तो छ सर्वेक्षण


प्रकाशित : बुधबार, फागुन ३ २०७९०९:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend