बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

निरन्तर ओरालोमा सेयर बजार, विश्वस्त छैनन् लगानीकर्ता

बुधबार, फागुन ३ २०७९
निरन्तर ओरालोमा सेयर बजार, विश्वस्त छैनन् लगानीकर्ता

काठमाडौं- वृद्धितर्फ बढ्ने आश गरिएको सेयर बजार पुन: निरन्तर ओरालोतर्फ लागेको छ। नयाँ सरकार आएसँगै सुधारतर्फ बढेको भनिएको सेयर बजार उतारचढावमा रहँदै ओरालो लागेको हो। 

यो साता आइतबार ६०.८८ अंकले घटेर सोमबार बन्द रहेको बजार मंगलबार पुन: घटेको थियो। मंगलबार १६.४० अंकले घटेर २१०५.४६ बिन्दुमा झरेको बजार बुधबार पुन: घटेको छ। 

बुधबार १३.९० अंकले घटेर बजार २०९१.५६ बिन्दुमा झरेको छ। ३७ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १ अर्ब ७३ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ। गएको सातादेखि कारोबार रकममा समेत कमी आइरहेको छ। 

सेयर बजारका लगानीकर्ताप्रति सकारात्मक हुँदै सरकारले निरन्तर दिलाउन खोजेको आशाका बीच बजार बढ्न सकेको छैन। बजारले आश गरेअनुरुप नीतिगत सम्बोधन नभेटेपछि लगानीकर्तामा दोधार बढेको विश्लेषकहरू बताउँछन्। नयाँ सरकार आएसँगै पुँजी बजारलाई ध्यानमा राखेर अघि बढ्ने घोषणा बारम्बार भइरहँदा त्यसअनुरुप कदमहरू भने देखिएको छैन।


प्रकाशित : बुधबार, फागुन ३ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend