बुधबार, वैशाख ३ गते २०८२    
बुधबार, वैशाख ३ २०८२
images
images

उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइन : म्याद थपिन्छ, काम सकिँदैन

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ३ २०७९
images
उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइन : म्याद थपिन्छ, काम सकिँदैन

दोर्दी करिडोरका आयोजनाको विद्युत् मध्यममर्स्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म पुर्‍याउन छ किलोमिटरसम्म यही प्रसारण लाइन लगिएको छ।

images
images

लमजुङ- निर्माणाधीन उदिपुर-मार्कीचोक-भरतपुर सय २० केभी प्रसारण लाइनको म्याद पटक-पटक थपिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन। तीन वर्षमा सक्नुपर्ने काम छ वर्ष हुँदा समेत सम्पन्न हुन सकेको छैन।

images
images
images

प्रसारण लाइनको म्याद म्याद तीन पटक थपिएको छ। तर हालसम्म करिब ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइनका डिभिजन प्रमुख नारायण रेग्मीका अनुसार रुख कटान आदेशमा ढिलाइलगायत कारणले काममा ढिलाइ भएको हो। प्रसारण लाइनको निर्माणको सम्झौता सन् २०१८ जनवरीमा भएको थियो। 

images
images

'आगामी जुन महिनासम्म सम्पन्न गर्न पुनः म्याद थप गरी काम भइरहेको छ', उनले भने। आयोजनाका अनुसार ६७ किलोमिटर दूरी रहेको लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म यस प्रसारण लाइन पुर्‍याउनका एक सय ९३  टावर निर्माण गर्नुपर्नेछ। लमजुङमा ४५ टावर निर्माण हुनेछन्। हालसम्म लमजुङतर्फको २५ टावर निर्माण भएका छन्। 

images
images

दोर्दी करिडोरका आयोजनाको विद्युत् मध्यममर्स्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म पुर्‍याउन छ किलोमिटरसम्म यही प्रसारण लाइन लगिएको छ।

उदिपुरबाट मध्यममर्स्याङ्दी खण्डको छ किलोमिटर खण्डमा १७ टावर निर्माण गरिएका छन्। तनहुँमा १५ टावरको जग हाल्ने काम भएको छ भने चितवनमामा एउटाको जग हालिएको छ। गोरखामा समेत टावरको जग हाल्ने काम भइरहेको आयोजनाले जनाएको छ। रासस   


प्रकाशित : बुधबार, फागुन ३ २०७९०४:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend