बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब पठाउँदै

बुधबार, फागुन ३ २०७९
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब पठाउँदै

काठमाडौं- नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आज (बुधबार) ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ।

बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो फागुन १७ गते परिपक्व हुने यो रिपो भोलि दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्। तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन्।

यसअघि गत पुस १४ गते राष्ट्र ५० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो। उक्त रिपो गत माघ २९ गते परिपक्व भएको थियो।


प्रकाशित : बुधबार, फागुन ३ २०७९०४:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend