बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

टेलिकमको सेयरबाट कसरी पैसा कमाउने, कहिले खरिद-बिक्री गर्ने?

बुधबार, फागुन ३ २०७९
टेलिकमको सेयरबाट कसरी पैसा कमाउने, कहिले खरिद-बिक्री गर्ने?

बिक्री आम्दानी घटेपनि कम्पनीको अन्य आम्दानी बढेको र खर्च नियन्त्रण गर्न सफल भएका कारण खुद नाफा बढ्न पुगेको हो।

काठमाडौं- लगातार उछाल आएको नेपाल टेलिकमको सेयर मूल्य मंगलबार पनि बढेको छ। मंगलबार कम्पनीको सेयर मूल्य ८३५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। कम्पनीले यो वर्ष कम्पनीले नगद लाभांश मात्रै दिएको छ। कम्पनीले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिएको थियो।

यसको अर्थ एकसय कित्ता सेयर हुनेले ४ हजार नगद लाभांश पाएका छन्।  गत वर्ष नगद २० प्रतिशत र बोनस सेयर २० प्रतिशत दिएको थियो। यो वर्ष भने कम्पनीले ४० प्रतिशत नगद लाभांश दिएको छ। 

ntc.JPG

कम्पनीको सेयर मूल्य बजार बढेकोवेला घट्ेन र बजार घटेको बेला बढ्ने समेत भइरहेको छ। कम्पनीको खास मूल्य लामो समय ५ सय देखि ७ सय रुपैयाँको बीचमा रहेको थियो। सन् २०२० भन्दा अगाडि ७ सय भन्दा तलनै रहेको थियो। तर पछि बढेर १७९९ सम्म पुग्यो। पछि घटेपनि केही वर्ष यता भने बजारमा नेपाल टेलिकमको सेयर मूल्य चलायमान भइरहेको छ। 

कम्पनी अहिले ८ सय एक हजारको बीचमा अझै केही समय बस्ने देखिन्छ। खरिद र बिक्री गर्न जान्नेहरुले राम्रै कमाउन पनि सक्छन्। नभए लामो समय होल्ड गर्नका लागि भने अहिले किन्नेहरु पनि राम्रै फाइदामा जान सक्ने देखिन्छ। सूचकका हिसाबले कम्पनीको सेयर मूल्य अझै पनि अन्डर भ्यालुनै देखिन्छ। 

यस्तो छ वित्तीय अवस्था

नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीको खुद नाफा र प्रतिसेयर आम्दानी दुबै बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बिक्री आम्दानी घटेपनि कम्पनीको अन्य आम्दानी बढेको र खर्च नियन्त्रण गर्न सफल भएका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री वितरण आम्दानी ५.८८ प्रतिशत घटेको छ भने अन्य आम्दानी ४४.६४ प्रतिशत बढेको छ। कम्पनीको कुल आम्दानी भने समीक्षा अवधिमा ०.५१ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४३ रुपैयाँ ३१ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ४७ रुपैयाँ २८ पैसा पुगेको छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५१२ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.३७ गुणा रहेको छ। १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७४ करोड ३२ लाख रुपैयाँ सञ्चित छ।


प्रकाशित : बुधबार, फागुन ३ २०७९०१:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend