सोमबार, वैशाख २४ गते २०८१    
images
images

पेट्रोल ट्याक्सी र विद्युतीय ट्याक्सीमध्ये कुन चलाउँदा बढी फाइदा? यस्तो छ खर्च र आम्दानीको हिसाब

images
images
images
पेट्रोल ट्याक्सी र विद्युतीय ट्याक्सीमध्ये कुन चलाउँदा बढी फाइदा? यस्तो छ खर्च र आम्दानीको हिसाब

यसअघि चल्दै आएको पेट्रोल ट्याक्सी र अब चल्ने विद्युतीय ट्याक्सी कुन किन्दा कति लागत पर्छ, सञ्चालन खर्च कति लाग्छ, नियमित मर्मत खर्च कति? लगायत प्रश्नबारे धेरैको चासो छ।

images
images

काठमाडौं- बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने पुराना ट्याक्सीलाई विद्युतीय बनाउनुपर्ने व्यवस्था गरेसँगै सिप्रदी ट्रेडिङ प्रालिले टाटाले उत्पादन गरेको विद्युतीय ट्याक्सी ल्याएको छ। अन्य ब्रान्डले पनि विद्युतीय ट्याक्सी ल्याउन तयारी गरिरहेका छन्। 

images
images
images

सार्वजनिक सवारीमा विद्युतीकरण गर्ने बागमती प्रदेश सरकारको योजनाअनुसार नै पेट्रोलियम पदार्थबाट चल्ने पुराना ट्याक्सीलाई सट्टा दर्ता गर्दा पनि विद्युतीय बनाउनुपर्ने कानूनी व्यवस्था गरेको छ। केन्द्र सरकारले पनि विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर सहुलियत दिँदै आएको छ। 

images

सरकारी नीतिअनुसार नै अब सार्वजनिक यातायात पनि क्रमशः विद्युतीय हुँदै छन्। ठूला बसमा साझा यातायातलगायतले विद्युतीय बस भित्र्याउन थालेका छन्। ट्याक्सीको विद्युतीकरणका लागि मापदण्ड बनेर ट्याक्सी नै आउने क्रममा रहेको छ। सिप्रदी ट्रेडिङले टाटा मोटर्सले उत्पादन गरेको सेडान सेगमेन्टको एक्सप्रेस टी विद्युतीय कार ट्याक्सीमा उपलब्ध गराउने गरि सबै प्रकारका तयारी पूरा गरेर गाडी नै नेपाल ल्याइसकेको छ। 

images

विद्युतीय ट्याक्सी चलाउँदा आवश्यक पर्ने चार्जिङ स्टेसनलगायत पूर्वाधार निर्माणको कामसमेत गरिरहेको सिप्रदीले जनाएको छ। उपत्यकामा ट्याक्सी सञ्चालन गर्दै आएका र २० वर्ष पुगेका पुराना ट्याक्सीको सट्टा दर्ता गर्न चाहनेका लागि विद्युतीय एक्सप्रेस टी ट्याक्सी तत्काल उपलब्ध गर्न सकिने गरि सिप्रदीले तगारी गरेको उल्लेख गरेको छ। 

images
images

यसअघि चल्दै आएको पेट्रोल ट्याक्सी र अब चल्ने विद्युतीय ट्याक्सी कुन किन्दा कति लागत पर्छ, सञ्चालन खर्च कति लाग्छ, नियमित मर्मत खर्च कति? लगायत प्रश्नबारे धेरैले चासो दिइरहेका छन्।

ट्याक्सी चलाउँदा सबैभन्दा ठूलो खर्च इन्धन अर्थात पेट्रोलमा हुने गरेको छ। यता ट्याक्सी खरिद गर्दा भने पेट्रोल ट्याक्सीको मासिक किस्ता र डाउन पेमेन्टको लागत कम हुन्छ। तुलनात्मक रुपमा विद्युतीय ट्याक्सीको मासिक किस्ता र डाउन पेमेन्ट बढी छ। तर विद्युतको प्रतियुनिट खर्च १२ रुपैयाँमात्र छ। 

पेट्रोल ट्याक्सीको किस्ता र डाउन पेमेन्ट कम भएपनि दैनिक सञ्चालन खर्च उच्च छ। विद्युतीय ट्याक्सीको डाउन पेमेन्ट र किस्ता पेट्रोल ट्याक्सीकोभन्दा केही बढी भएपनि दैनिक सञ्चालन खर्च निकै कम छ। त्यसैले विद्युतीय ट्याक्सीको सञ्चालन खर्च कम भएकाले डाउन पेमेन्ट र किस्ता तिर्दा पनि यसबाट आम्दानी बढी हुने देखिन्छ।

XpresT-Dual-Front-Airbags.jpg

पेट्रोल ट्याक्सी र विद्युतीय ट्याक्सीको मूल्य तथा अन्य खर्च र आम्दानीको तुलनात्मक अवस्था :

विवरण एक्सप्रेस टी ईभी  पेट्रोल ट्याक्सी (औषत)     बचत
मूल्य ३६ लाख ९९ हजार  २५ लाख ९९ हजार    
फाइनान्स ८० प्रतिशत ८० प्रतिशत  
लोन रकम २९ लाख ५९ हजार २० लाख ७९ हजार   
डाउन पेमेन्ट ७ लाख ३९ हजार ५ लाख १९ हजार    
वार्षिक कुद्ने (औषत १४० किमि/१ सिफ्ट) ५११०० किमि ५११०० किमि  
औषत माइलेज प्रतिलिटर (अधिकतम)   १४ किमि  
इन्धन मूल्य   १७८ प्रतिलिटर   
ईभी केएम प्रतिचार्ज (न्यूनतम) २००  किमि    
प्रतियुनिट बिजुली लागत १२ रुपैयाँ      
इन्धनको वार्षिक लागत  ९१ हजार ९ सय ६ लाख ४९ हजार  
वार्षिक सर्भिस लागत ६ हजार ४८ हजार  
कर/बीमालागत (बागमती) ५० हजार ५० हजार  
चालक र अन्य खर्च १ लाख ९२ हजार १ लाख ९२ हजार  
ईएमआईसहित वार्षिक खर्च ३ लाख ९५ हजार ९ लाख ७५ हजार  
वार्षिक आम्दानी        
५० रुपैयाँ प्रतिकेएममा दैनिक १४० केएम कुध्दा ७ हजार रुपैयाँ ७ हजार रुपैयाँ   
मासिक आय २ लाख १० हजार २ लाख १० हजार  
वार्षिक आय २५ लाख २० हजार २५ लाख २० हजार  
खर्चपछिको वार्षिक आय २१ लाखभन्दा बढी १५ लाखभन्दा बढी करिब ६ लाख
खर्चपछिको मासिक आय करिब १ लाख ५० हजार करिब १ लाख १० हजार  करिब ५० हजार 

सुरुवाती लागत बढी देखिएपनि विद्युतीय ट्याक्सी नियमित रुपमा चलाउँदा लाग्ने इन्धन खर्च तथा मर्मत लागत निक्कै कम हुन्छ। सञ्चालन खर्च निक्कै कम हुने भएकाले खरिदमा भएको बढी खर्चभन्दा आम्दानी धेरै हुन्छ। सरकारको विद्युतीय सवारी प्रवर्द्धन गर्ने नीति र वातावरण संरक्षणमा ठूलो योगदान पुग्ने र आम्दानी समेत बढी हुने भएकाले ट्याक्सी तलाउनेहरुका लागि फाइदा ज्यादै हुन्छ। 

पेट्रोलियम ट्याक्सी चलाउँदा भाइब्रेसन हुने, एक्सिलेटर, ब्रेक तथा क्लच थिचिरहनु पर्ने भएकाले चालकलाई थकान बढी महसुस हुन्छ। तर विद्युतीय ट्याक्सी सेडान सेगमेन्टको भएकाले अलिबढी विलासी छ, विद्युतीय भएकाले गाडी भित्र बस्दा कुनै भाइब्रेसनको महसुस नहुने भएकाले यात्रु तथा चालकले आरामदायी महसुस गर्ने छन्। 

tata xprest e taxi.jpg

टाटाको विद्युतीय एक्सप्रेस टीको विशेषता र रेन्ज

लेन्थ : ३९९३ एमएम

वाइड : १६७७ एमएम

हाइट : १५३२ एमएम

ह्वीलवेस : २४५० एमएम

टर्निङ रेडियस : ५.१ मिटर 

ग्राउन्ड क्लियरेन्स : १७२ एमएम

सिट क्षमता : ५

बुट स्पेस : ३१६ लिटर

कर्ब वेइट : १२३५ केजी

फ्युल टाइम : विद्युतीय

ब्याट्री क्षमता : २६ केडब्लूएच लिथियम आयन 

टर्क : १७० एनएम

रेन्ज : ३०६ किलोमिटर (एआरएआई सर्टिफाइड)

एक्सप्रेस टी विद्युतीय कार मल्टी ड्राइभ मोड (ड्राइभ/स्पोर्टस)मा उपलब्ध हुनेछ। त्यस्तै यो कारमा अगाडि डिस र पछाडि ड्रम ब्रेक छ भने हिल असिस्ट सिस्टम पनि दिइएको छ। 

सीसीएसटू चार्जिङ स्ट्यान्डर्ड पोर्ट रहेको एक्सप्रेस टी १५ एम्पियर प्लग प्वाइन्टमार्फत शून्यदेखि ८० प्रतिशत चार्ज हुन ८ घण्टा ४५ मिलोट लाग्नेछ। त्यस्तै यो कार फास्ट चार्जर (२५ केडब्लू डीसी चार्जर) बाट शून्यदेखि ८० प्रतिशत पुग्न ६५ मिनेटमात्र लाग्नेछ। 

सिप्रदीले एक्सप्रेस टी ट्याक्सीमा रहेको ब्याट्री प्याक र मोटर तथा सवारीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म वारेन्टी उपलब्ध गराउनेछ। 

यस्तो छ विद्युतीय ट्याक्सी मापदण्ड

प्रदेश सरकारले साधारण र विशेष प्रकृतिको गरि दुई प्रकारका विद्युतीय ट्याक्सी दर्ता गर्न पाइने व्यवस्था गरेको हो। साधारण विद्युतीय ट्याक्सीमा २० केडब्लूएच वा त्यो भन्दा बढीको लिथियम आयन ब्याट्री, ३० केडब्लूएचको मोटर क्षमता वा त्योभन्दा बढीभएको सेडान कार हुनुपर्ने छ। त्यस्तै उक्त कारको ग्राउन्ड क्लियरेन्स १ सय ७० एमएम वा त्यो भन्दा बढी हुनुपर्ने छ। 

ट्याक्सीका रुपमा प्रयोग हुने विद्युतीय कारले एक पटकको फुल चार्जमा न्यूनतम २ सय १० किलोमिटर रेन्ज दिनु पर्ने छ। 

त्यस्तै प्रदेश सरकारले ल्याएको विशेष प्रकृतिको विद्युतीय ट्याक्सीमा दर्ता हुने कारले एक पटकको फुल चार्जमा न्यूनतम २ सय ७५ किलोमिटर रेन्ज दिनुपर्ने छ। यो प्रकृतिको विद्युतीय ट्याक्सीमा प्रयोग हुने ब्याट्री लिथियम आयन हुनुपर्ने र यसको क्षमता ४० केडब्लूएच वा त्योभन्दा बढी हुनेपर्ने छ। त्यस्तै मोटरको पावर भने ५० केडब्लूएच वा सोभन्दा बढी हुनुपर्ने छ। 

डिलक्स विद्युतीय ट्याक्सीको ग्राउन्ड क्लियरेन्स भने १ सय ७५ एमएम वा सोभन्दा बढी हुनुपर्ने छ। साधारण विद्युतीय ट्याक्सीको सिट क्षमता ५ सिट र विशेष प्रकृतिको (डिलक्स) विद्युतीय ट्याक्सीको सिट क्षमता ५ देखि ७ हुनेछ।

images

प्रकाशित : मंगलबार, फागुन २ २०७९१२:१९

प्रतिक्रिया दिनुहोस