बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सेयर बजार लगातार ओरालोतिर, दुई कारोबारमै ७७ अंकले घट्यो

मंगलबार, फागुन २ २०७९
सेयर बजार लगातार ओरालोतिर, दुई कारोबारमै ७७ अंकले घट्यो

काठमाडौं- वृद्धितर्फ बढ्ने आश गरिएको सेयर बजार पुन: ओरालोतर्फ लागेको छ। आइतबार ६०.८८ अंकले घटेर सोमबार बन्द रहेको बजार मंगलबार पुन: घटेको हो। 

मंगलबार १६.४० अंकले घटेर बजार २१०५.४६ बिन्दुमा झरेको छ। ४५ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १ अर्ब ७८ करोड ७० लाख रुपैयाँको मात्र कारोबार भएको छ। 

यो साता आइतबार ६०.८८ अंकले घटेर बजार २१२१.७५ बिन्दुमा झरेको थियो। गएको साता समग्रमा ८८.०५ अंकको वृद्धि देखिएको बजारमा यो साता कारोबार सुखद देखिएको छैन।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सेयर बजारले आश गरेअनुरुप कुनै सम्बोधन नभेटेपछि लगानीकर्तामा दोधार बढेको विश्लेषकहरू बताउँछन्। नयाँ सरकार आएसँगै पुँजी बजारलाई ध्यानमा राखेर अघि बढ्ने घोषणा बारम्बार भइरहँदा त्यसअनुरुप कदमहरू भने देखिएको छैन।

नयाँ सरकार आएसँगै सुधारतर्फ बढेको भनिएको सेयर बजार केही समयको उछालपछि निरन्तर उतारचढाव देखिएको छ। उही बिन्दु वरपर देखिएको बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्।  


प्रकाशित : मंगलबार, फागुन २ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend