आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

कोइला अभाव भएको भन्दै हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २ २०७९
images
images
कोइला अभाव भएको भन्दै हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

उद्योग विगत चार वर्षदेखि घाटामा छ। लामो समय बन्द भएको उद्योग तीन महिनाअघि मात्रै फेरि सञ्चालनमा आएर अहिले पुन: बन्द भएको हो। 

images
images

काठमाडौं- सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ। उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो।

images
images
images

कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ। उद्योगले प्रथम र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला आयात गर्ने योजना बनाएको छ।

images
images

उद्योगका नायव महाप्रबन्धक नवीन कर्णले सिमेन्ट उत्पादनका लागि आवश्यक कोइलाको व्यवस्थापनमा लागेको र एक हप्ताभित्र कोइला आपूर्ति भई सिमेन्ट उत्पादन सुरु हुने दाबी गरे। कोइला भारत, इन्डोनेसिया र भुटान तथा पाकिस्तानबाट आयात हुनेछ। 

images
images
images

लामो समय बन्द भएको उद्योग तीन महिनाअघि मात्रै फेरि सञ्चालनमा आएर अहिले पुन: बन्द भएको हो। 

दैनिक सात सय ५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको भए पनि पुरानो मेसिनरी समस्या र जनशक्ति अभावमा सो अनुसार उद्योगबाट सिमेन्ट उत्पादन हुन सकेको छैन।

उद्योग विगत चार वर्षदेखि घाटामा छ। उद्योग विसं २०३३ मा एसियाली विकास बैंकको सहयोगमा स्थापना भएको थियो। रासस


प्रकाशित : मंगलबार, फागुन २ २०७९०६:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend