बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

गतवर्ष ऋणात्मक भएको चन्द्रागिरि हिल्स बल्ल नाफामा

मंगलबार, फागुन २ २०७९
गतवर्ष ऋणात्मक भएको चन्द्रागिरि हिल्स बल्ल नाफामा

काठमाडौं- चन्द्रागिरि हिल्स नाफामा गएको छ। कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनी पोहोर ५ करोड ८० लाख रुपैयाँ घाटामा थियो। खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ३.३६ रुपैयाँ पुगेको छ। गत आव पुसमा ०.३८ रुपैयाँ ऋणात्मक थियो। 

यस अवधिमा होटलको आम्दानी पनि ४१.१३ प्रतिशत वृद्धि भएको छ। पोहोर पुस मसान्तसम्म २८ करोड ९२ लाख रुपैयाँ रहेको आम्दानी ४० करोड ८२ रुपैयाँ पुगेको छ। कारोबार विवरणमा आम्दानीसँगै खर्चका शीर्षकमा पनि व्यापक वृद्धि देखिन्छ। ब्याज बापत १३ करोड ४५ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ। पोहोर ९ करोड ६२ लाख रुपैयाँ मात्र थियो। 

चुक्ता पुँजीमा कुनै वृद्धि छैन। सञ्चित मुनाफा ताथा जगेडाको ऋण केही कम भएको देखिन्छ। पोहोर ४२ करोड ५८ लाख रुपैयाँ ऋणात्मक रहेको जगेडामा सामान्य सुधार भएर ३४ करोड २९ लाख रुपैयाँ नोक्सानी छ। पुस अन्त्यसम्म होटलको प्रति सेयर नेटवर्थ ७७.६४ रुपैयाँ छ। गत वर्ष ७२.७२ रुपैयाँ थियो।

 


प्रकाशित : मंगलबार, फागुन २ २०७९०५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend