बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

यातायात मजदूर र सरकारबीच वार्ता जारी

images
मंगलबार, फागुन २ २०७९
images
images
यातायात मजदूर र सरकारबीच वार्ता जारी

सरकारले आन्दोलनरत यातायात मजदुरसँग वार्ता सुरू गरेको छ। आज बिहान सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता भएको हो।

images
images

काठमाडौं- सरकारले आन्दोलनरत यातायात मजदूरसँग वार्ता सुरू गरेको छ। आज बिहान सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता भएको हो।

images
images
images

वार्तामा आन्दोलनरत यातायात मजदूरका प्रतिनिधि छन् भने सरकारका तर्फबाट उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायत मन्त्रालयका कर्मचारीहरू छन्।

ट्राफिक जरिवानामा गरिएको वृद्धिलगायत विरोधमा यातायात मजदूर आन्दोलनमा छन्। यातायात मजदूरहरूले सोमबार आन्दोलन गर्दै प्रहरीका दुई भ्यानसमेत आगजनी गरेका थिए। आज बिहानैदेखि यातायात मजदूरहरूले काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन सञ्चालन गरेका छैनन्। जसले गर्दा यात्रु समस्यामा परेका छन्।

images

कसरी सुरु भयो आन्दोलन? 

images

यातायात व्यवसायीले नयाँ बसपार्कभित्र आफ्ना कम्पनीको सवारीसाधन ‘पार्किङ’ गर्न लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरे पनि मजदूरले भने त्यसको विरोध गरेका छन्।  

विसं २०५६ मा काठमाडौँ महानगरपालिकाले ‘सार्वजनिक-निजी साझेदारी’अन्तर्गत लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेर काठमाडौँ महानगरपालिका-२६ गोँगबुस्थित विष्णुमती किनारामा राष्ट्रिय बसपार्कका रूपमा सञ्चालनमा ल्याएको थियो।

उक्त बसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्नेबारे यातायात व्यवसायीहरूको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग सम्झौता गरेर बसहरू देशका विभिन्न भागमा ओहोर-दोहोर गर्दै आएका छन्। सार्वजनिक ठूला बस नयाँ बसपार्कबाट सञ्चालनमा आए पनि माइक्रोबस र केही बस भने अहिले नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडकबाट सञ्चालन हुँदै आएका छन्।

पछिल्लो समय नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडक विस्तार हुने क्रममा रहेपछि त्यहाँबाट सञ्चालन हुँदै आएका बस र माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे व्यवसायीसँग छलफल भइरहेको बेलामा केही व्यवसायी तथा मजदूर सडकबाट बस सञ्चालन गर्न पाउनुपर्ने अडान राखेर आन्दोलनमा उत्रिएका जनाइएको छ। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले एक विज्ञप्ति जारी गरी सोमबार नयाँ बसपार्कमा घटेको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले समस्याको समाधान गर्न सबै पक्ष संयमित भई आ-आफ्नो ठाउँबाट पहल गर्न अपिलसमेत गरेका छन्।

यातायात व्यवस्था विभागले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै पूर्वघोषित तथा अघोषित सबै मागबारे छलफलबाट समाधान गर्न पनि आग्रह गरेको छ ।


प्रकाशित : मंगलबार, फागुन २ २०७९०४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend