बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

लागु भयो नयाँ मापदण्ड : आजदेखि ७० अंक ल्याए सवारी लाइसेन्स पाइने

यसरी दिइन्छ अंक

images
मंगलबार, फागुन २ २०७९
images
images
लागु भयो नयाँ मापदण्ड : आजदेखि ७० अंक ल्याए सवारी लाइसेन्स पाइने

यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था गर्दै नयाँ मापदण्ड ल्याएको थियो। ट्रायल परीक्षाका विभिन्न चरणलाई वर्गीकरण गरेर हरेकको अलग अंकभार तोकिएको छ।

images
images

काठमाडौं- बागमती प्रदेशले अन्ततः आजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड लागु गर्ने भएको छ। यातायात व्यवस्था विभागले २०७७ मै बनाएको लाइसेन्सको नयाँ मापदण्ड बागमती प्रदेश सरकारले भने लागु गरेको थिएन। 

images
images
images

नयाँ संविधान जारी भएसँगै यातायातको सबै अधिकार प्रदेश सरकारमा गएको थियो। यातायात व्यवस्था विभागले आफ्नो क्षेत्राधिकार मिचेर नयाँ मापदण्ड बनाएको भन्दै प्रदेश सरकारले असन्तुष्टि व्यक्त गर्दै आएको थियो। तर अब भने बागमती प्रदेश सरकारले देशभर एकै प्रकारको नियम लागु हुनुपर्ने भन्दै लाइसेन्सको नयाँ मापदण्ड फागुन २ (आज) देखि प्रदेशभित्रका यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रले कार्यान्वयनमा ल्याएको हो। 

लिखित तथा ट्रायल परीक्षा सम्बन्धि ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन गर्नेगरि मातहतका कार्यालयहरूलाई परिपत्र गरिएको श्रम तथा यातायात मन्त्रालय बागमती प्रदेशका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिए। ‘देशभर एकै प्रकारको मापदण्डअनुसार लाइसेन्सको परीक्षा हुनेगरि बागमती प्रदेश सरकारले नयाँ मापदण्ड लागु गर्ने भएको छ,’ उनले भने, ‘प्रदेशअन्तर्गतका कार्यालयहरूमा फागुन २ देखि लाइसेन्सको नयाँ मापदण्ड लागु भएको छ।’ 

images

यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था गर्दै नयाँ मापदण्ड ल्याएको थियो। ट्रायल परीक्षाका विभिन्न चरणलाई वर्गीकरण गरेर हरेकको अलग अंकभर तोकिएको छ। ट्रायल परीक्षाको निश्चित व्यवस्थालाई अनिवार्य गरेर अन्यमा भने फेल हुँला पनि सुमग्रमा ७० प्रतिशत अंक ल्याए उत्तीर्ण हुने व्यवस्था गरिएको छ। 

images

यातायात व्यवस्था विभागले लाइसेन्सको परीक्षा जटिल हुँदा धेरै अनुत्तीर्ण भएको र परीक्षाका लागि लामो सयम पर्खिन पर्दा सेवाग्राहीले दुःख पाएले मापदण्ड परिमार्जन निर्णय गरेको थियो। सोहीअनुसार विभागले नयाँ मापदण्ड बनाएर पास गरेको थियो। बागमती प्रदेशले कार्यान्वयनमा ल्याएसँगै अब देशभर लाइसेन्सको नयाँ मापदण्ड कार्यान्वयनमा आएको छ। नयाँ मापदण्ड 'के', 'ए' र 'बी' वर्ग अन्तर्गत पर्ने क्रमशः स्कुटर, मोटरसाइकल तथा कार, जिप र भ्यानमा मात्र लागु हुनेछ।    

यस्तो छ नयाँ मापदण्ड

निर्देशिकामा वर्ग 'के', 'ए' र 'बी' वर्गको लाइसेन्स लिने सहज व्यवस्था गरिएको छ। निर्देशिकाको दफा ५ (२) बमोजिम वर्ग 'के', 'ए' र 'बी'का लागि लिइने लिखित परीक्षाका लागि ५००/५०० वटा प्रश्नको दुईटा प्रश्न संग्रहसमेत विभागले सार्वजनिक गरेको छ। यो व्यवस्थाअनुसार लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानूनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यावहारिक ज्ञानका विषय समेटी १०० पूर्णांकको प्रश्न सोधिने छ। यसमा चार/चार अंकका २५ वटा वस्तुगत उत्तर दिने प्रश्न हुन्छन्।

लिखित परीक्षाको अवधि ३० मिनेटको हुनेछ। सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाट समेत लिखित परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था छ। निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए पास हुने र लाइसेन्स प्राप्त गर्छन्।

यसअघि विभागले परीक्षार्थीले आफ्नै सवारी समेत प्रयोग गर्न सक्ने व्यवस्था गरेको थियो। तर यो व्यवस्था कार्यान्वयनमा नआउँदै संशोधन गरिएको थियो। अब कार्यालयले तोकेका तथा उपलब्ध गराएका सवारी मात्र प्रयोग गर्न सकिन्छ।

ट्रायलका लागि प्रयोग हुने मोटरसाइकल-स्कुटर पेट्रोलबाट चल्ने र कार, जिप, भ्यानहरू पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्नेछ। त्यस्तै सबै सवारी दर्ता प्रमाणपत्र अद्यावधिक भएको वा बहाल अवधि बाँकी रहेको तथा तेस्रो पक्ष बीमा भएको हुनुपर्नेछ।

प्रयोगात्मक परीक्षा १०० पूर्णांकको हुनेछ। यसको अंकभार वर्गअनुसार फरक रहेको छ।

यस्तो छ विभिन्न क्याटागोरीको अंकभार

- घुमाउरो आठ- २० अंक

- साँघुरो फलेक- १० अंक

- युटर्न- १० अंक

- ट्राफिक संकेत- १५ अंक

- उबडखाबड- १५ अंक

- उकालो- २० अंक

- परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकन- १० अंक

ट्रायल परीक्षामा अंक काटिने अवस्थाहरू

- घुमाउरो आठमा एक पटकसम्म अंकित रेखा छोएमा ५ अंक घट्ने 

- एकपटकसम्म खुट्टाले भुइँ टेकेमा थप ५ अंक घट्ने 

- युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक घट्ने 

- ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्ने 

- उबडखाबडमा एक पटकसम्म भुइँमा टेकेमा ५ अंक घट्ने 

- एकपटक सवारीको स्टार्ट बन्द भए ५ अंक घट्ने 

- सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण गर्नुपर्ने र त्यसो नगरे ३ अंक घट्ने 

- हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक घट्ने 

- असंयमित भएर सवारी चलाए ३ अंक घट्ने

यस्तो अवस्थामा फेल हुनेछन् :

- एकपटक भन्दा बढी भुइँमा टेके अर्थात स्टार्ट बन्द भएमा

- एकपटक भन्दा बढी अंकित रेखा छोएमा वा खुट्टा भुइँमा टेकेमा

- तोकिएको दिशाबाट ठीक तरिकाले ८ नबनाएमा

- सवारीको स्टार्ट बन्द भएमा

- साँघुरो फलेकमा खुट्टाले भुइँ टेक्दा अर्थात फलेकको लम्बाई पार गर्नु अगाडि नै सवारी फलेक बाहिर निस्किएमा

- उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अगाडि बढेमा वा रोकिएको अवस्थाबाट सवारीको

- पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा

- उकालो सकेर ओरालो झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा 

लाइसेन्स लिन चाहने सेवाग्राहीको संख्या बढेकाले सरकारले लाइसेन्स वितरणलाई सहज बनाउने बताउँदै आएको छ। ७० अंक ल्याए पास हुने व्यवस्थाले लाइसेन्स वितरणलाई केही सहज बनाउने अपेक्षा यातायात व्यवस्था विभाग र लाइसेन्स कार्यालयहरूले गरेका छन्। 


प्रकाशित : मंगलबार, फागुन २ २०७९०१:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend