बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

भ्यालेन्टाइन डेमा चन्द्रागिरीको अफर, आईएमई पेबाट भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट

सोमबार, फागुन १ २०७९
भ्यालेन्टाइन डेमा चन्द्रागिरीको अफर, आईएमई पेबाट भुक्तानी गर्दा ५० प्रतिशतसम्म  छुट

यो अफर  योजना सीमित समयका लागि मात्रै रहेको कम्पनीले जनाएको छ।

काठमाडौं- आइएमई पे र चन्द्रागिरि हिल्सबीच फील द एयर नामक अफर सार्वजनिक गरिएको भएको छ। अफर अनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एप मार्फत काट्दा चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरुमा छुटहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

यो अफर  योजना सीमित समयका लागि मात्रै रहेको कम्पनीले जनाएको छ। अफर मार्फत प्रयोगकर्ताहरुले जिप लाइनिङमा १५ प्रतिशत छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५० प्रतिशत छुट पाउने छन्।

साथै हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको निः शुल्क इभिनिङ् (साँझ मात्र लागु हुने) टिकट जित्ने अवसर समेत पाउने कम्पनीले जनाएको छ।

साथै, यी दुई कम्पनीवीच प्रणय दिवसको अवसर पारी अर्को अफर पनि सार्वजनिक भएको गरिएको छ। । माघ २८, २०७९ (फेब्रुअरी ११) देखि फाल्गुन १, २०७९ (फेब्रुअरी १३) सम्म आइएमई पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने ५ भाग्यशाली विजेताहरुले प्रणय दिवसको दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनर  जित्न पाउने कम्पनीले जनाएको छ।


प्रकाशित : सोमबार, फागुन १ २०७९०७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend