बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

हकप्रद दिन लागेको अपि पावरको नाफा घट्यो, अन्य सूचक कस्तो?

सोमबार, फागुन १ २०७९
हकप्रद दिन लागेको अपि पावरको नाफा घट्यो, अन्य सूचक कस्तो?

काठमाडौं- अपि पावर कम्पनी चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै खुम्चिएको छ। नाफा घटेको कम्पनीले हकप्रद दिने तयारी पनि गरेको छ। कम्पनीले १०० कित्ता सेयर हुने लगानीकर्ताले ४० कित्तामा आवेदन दिन पाउने गरी हकप्रदको तयारी गरेको छ। 

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा विद्युत बिक्री मार्फत ३१ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २७ करोड ४२ लाख रुपैयाँ मात्र कमाएको छ।

विद्युत बिक्री आम्दानी घटेको र खर्च बढेका कारण कम्पनीको नाफा घट्न पुगेको छ।समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५६.५२ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा १४ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६ करोड २३ लाख रुपैयाँ मात्र नाफा कमाउन सफल भएको छ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १८.८९ प्रतिशत घटेको छ भने अन्य आम्दानी ९६.४३ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल खर्च २१.०८ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ १६ पैसा घटेर ३ रुपैयाँ २५ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १०९ रुपैयाँ ६६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८४.१२ गुणा रहेको छ। ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३७ करोड १२ लाख रुपैयाँ रहेको छ।


प्रकाशित : सोमबार, फागुन १ २०७९०४:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend