बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नाफा खुम्चिएसँगै हिमालयन डिष्टिलरीको सेयर मूल्यमा भारी गिरावट, मूल्य कतिसम्म आउला?

सोमबार, फागुन १ २०७९
नाफा खुम्चिएसँगै हिमालयन डिष्टिलरीको सेयर मूल्यमा भारी गिरावट, मूल्य कतिसम्म आउला?

काठमाडौं- नाफामा भारी गिरावट आएसँगै दोस्रो बजारमा हिमालयन डिष्टिलरी लिमिटेडको सेयर मूल्यमा असर परेको छ। आइतबार मात्रै प्रतिकित्ता १४५ रुपैयाँले सेयर मूल्य घटेको छ।

आइतबार कम्पनीको ५४ हजार कित्ता सेयर किनबेच हुँदा १४ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार भएको कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६०५ रुपैयाँमा पुगेको छ। ४६ सय रुपैयाँसम्म पुगेको सेयर मूल्य पछिल्लो समय लगातार घटिरहेको छ। 

hdl.JPG

हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २९ करोड ४२ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको भन्दा ३६.४१ प्रतिशतले कम हो। गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले ४६ करोड २७ लाख २८ हजार रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी ३ अर्ब ३७ करोड ५५ लाख रुपैयाँबाट घटेर २ अर्ब ७६ करोड ८१ लाख रुपैयाँमा झरेको छ। यो गत वर्षको भन्दा १८ प्रतिशत ले कम हो। यस्तै कम्पनीको सञ्चालन नाफा पनि ६४ करोड ७१ लाख रुपैयाँबाट घटेर ४२ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ।
  
हिमालयन डिष्टिलरीको चुक्ता पुँजी २ अर्ब ४२ करोड ९५ लाख ६६ हजार रुपैयाँ रहेको छ। यसको जगेडा कोषमा ५५ करोड ७४ लाख रुपैयाँ जम्मा रहेको छ। पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैया २२ पैसा कायम भएको छ। गत वर्ष यसको इपीएस ३८ रुपैयाँ ९ पैसा थियो। यसको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ९४ पैसा छ।


प्रकाशित : सोमबार, फागुन १ २०७९०१:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend