बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

ठूला लगानीकर्ताले धेरै कर्जा लिएकाले सेयर धितो कर्जाको सीमा हटाएनौँ : गभर्नर अधिकारी

आइतबार, माघ २९ २०७९
ठूला लगानीकर्ताले धेरै कर्जा लिएकाले सेयर धितो कर्जाको सीमा हटाएनौँ : गभर्नर अधिकारी

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैकिङ क्षेत्रको स्रोत सबैलाई समान किसिमले वितरण गर्नका लागि सेयर धितो कर्जामा सीमा तोकिएको बताएका छन्।

सेयर घट्ने बढ्ने विषयमा राष्ट्र बैंकको भूमिका नहुने स्पष्ट पार्दै उनले भने- ‘पुँजी बजारप्रति राष्ट्र बैंक कहिल्यै पनि नकारात्मक छैन, यसको नियमन गर्ने धितोपत्र बोर्ड हो।’ 

आर्थिक पत्रकार समाज (सेजन)ले गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले ठूला लगानीकर्ताले मात्रै धेरै रकमको कर्जा लिएकोले सेयर धितो कर्जाको सीमा अहिले नहटाइएको बताए।

नेपाल राष्ट्र बैंकले बाफियामा तोकिएका संस्थाहरूको मात्रै नियमन गर्ने तर समग्र पुँजी बजारको नियमन नगर्ने उनले बताएका छन्। पुँजी बजारको नियामक धितोपत्र बोर्ड भएकोले राष्ट्र बैंकले पुँजी बजारलाई हेरेर नीति नलिने उनले बताए।

उनले समय समयमा विभिन्न कारणले सेयर बजार घटेपनि अन्तत: बजार माथि नै जानेसमेत बताएका छन्।

 


प्रकाशित : आइतबार, माघ २९ २०७९१३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend