बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले नछोएको सेयर बजार राताम्य

आइतबार, माघ २९ २०७९
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले नछोएको सेयर बजार राताम्य

काठमाडौं- मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा बेवास्तामा परेको सेयर बजार साताको पहिलो कारोबारमा राताम्य भएको छ। गएको साता समग्रमा ८८.०५ अंकको वृद्धि देखिएको बजारमा यो साता पहिलो कारोबार नै घटेको हो।

आइतबार ६०.८८ अंकले घटेर बजार २१२१.७५ बिन्दुमा झरेको छ। ८ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ३ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ। आइतबार २ सय ७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। 

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सेयर बजारले आश गरेअनुरुप कुनै सम्बोधन नभेटेपछि लगानीकर्तामा दोधार बढेको विश्लेषकहरू बताउँछन्। नयाँ सरकार आएसँगै पुँजी बजारलाई ध्यानमा राखेर अघि बढ्ने घोषणा बारम्बार भइरहँदा त्यसअनुरुप कदमहरू भने देखिएको छैन।

नयाँ सरकार आएसँगै सुधारतर्फ बढेको भनिएको सेयर बजार केही समयको उछालपछि निरन्तर उतारचढाव देखिएको छ। उही बिन्दु वरपर देखिएको बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्।  

सेयर बजारका नीतिगत व्यवस्थालाई राष्ट्र बैंकले जानीबुझि नै नचलाएको देखिन्छ। राष्ट्र बैंकले सेयर बजारमा लचिलो नीति लिनेवित्तिकै सेयर मूल्य बढ्ने र थप माग सिर्जना हुने अनुमान राष्ट्र बैंकले गरेको देखिन्छ। 

मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले केही खुकुलो व्यवस्था गरिदिने आशमा रहेका लगानीकर्ता अहिले निराश देखिएका छन्। उतारचढावमा रहँदै केही ठूला लगानीकर्ताका लागि मात्र फलदायी देखिएको बजार पुन: उही गतिमा देखिएको छ। 


प्रकाशित : आइतबार, माघ २९ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend