मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

नेपाल बैंकले २५ लाखसम्मका ऋणीलाई ब्याजमा ८० प्रतिशत छुट दिने 

images
आइतबार, माघ २९ २०७९
images
नेपाल बैंकले २५ लाखसम्मका ऋणीलाई ब्याजमा ८० प्रतिशत छुट दिने 
images
images

काठमाडौं- नेपाल बैंकले २५ लाखसम्म ऋण लिएका ऋणीहरूलाई ब्याज छुट दिने भएको छ। बैंकले २०७७ चैत मसान्तसम्म ऋणको सावाँ ब्याज नतिरेका र लिलामी प्रक्रियामा गएका ऋणीहरूको हकमा ब्याज मिनाह गरेको हो। बैंकले एक लाखसम्म साँवा तिर्न बाँकीहरूको हकमा बाँकी रकममा १० प्रतिशत मात्रै ब्याज लिने छ।

images
images
images

त्यस्तै ५ लाख सम्मका बाँकी ब्याजको ३० प्रतिशत मात्रै लिनेछ। त्यस्तै ५ देखि १० लाखका ऋणीलाई ४० प्रतिशत छुट दिने भएको छ। यता १० देखि १५ लाख ऋण लिनेहरूलाई ६० प्रतिशत छुट पाउने छन्।

images
images

यता १५ देखि २० लाखका ऋणीलाई ७० प्रतिशत र २० देखि २५ लाख सम्मका ऋणीलाई ८० प्रतिशतसम्म छुट दिने भएको हो। यो अवसर बैंकले २०७९ चैत मसान्तसम्म दिनेछ। 

images
images

krishi.JPG


प्रकाशित : आइतबार, माघ २९ २०७९०५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend