बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेपाल बैंकले २५ लाखसम्मका ऋणीलाई ब्याजमा ८० प्रतिशत छुट दिने 

आइतबार, माघ २९ २०७९
नेपाल बैंकले २५ लाखसम्मका ऋणीलाई ब्याजमा ८० प्रतिशत छुट दिने 

काठमाडौं- नेपाल बैंकले २५ लाखसम्म ऋण लिएका ऋणीहरूलाई ब्याज छुट दिने भएको छ। बैंकले २०७७ चैत मसान्तसम्म ऋणको सावाँ ब्याज नतिरेका र लिलामी प्रक्रियामा गएका ऋणीहरूको हकमा ब्याज मिनाह गरेको हो। बैंकले एक लाखसम्म साँवा तिर्न बाँकीहरूको हकमा बाँकी रकममा १० प्रतिशत मात्रै ब्याज लिने छ।

त्यस्तै ५ लाख सम्मका बाँकी ब्याजको ३० प्रतिशत मात्रै लिनेछ। त्यस्तै ५ देखि १० लाखका ऋणीलाई ४० प्रतिशत छुट दिने भएको छ। यता १० देखि १५ लाख ऋण लिनेहरूलाई ६० प्रतिशत छुट पाउने छन्।

यता १५ देखि २० लाखका ऋणीलाई ७० प्रतिशत र २० देखि २५ लाख सम्मका ऋणीलाई ८० प्रतिशतसम्म छुट दिने भएको हो। यो अवसर बैंकले २०७९ चैत मसान्तसम्म दिनेछ। 

krishi.JPG


प्रकाशित : आइतबार, माघ २९ २०७९०५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend