काठमाडौं- साताको पहिलो दिन आइतबार सुन तथा चाँदीको मूल्य बढेको छ। शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ४ सय र चाँदीको तोलामा ५ रुपैयाँ बढेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारका लागि छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेर १ लाख ४ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको हो। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।