बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

हिमालयन डिष्टिलरीको नाफामा ठूलो गिरावट

आइतबार, माघ २९ २०७९
हिमालयन डिष्टिलरीको नाफामा ठूलो गिरावट

काठमाडौं- हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २९ करोड ४२ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको भन्दा ३६.४१ प्रतिशतले कम हो। गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले ४६ करोड २७ लाख २८ हजार रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी ३ अर्ब ३७ करोड ५५ लाख रुपैयाँबाट घटेर २ अर्ब ७६ करोड ८१ लाख रुपैयाँमा झरेको छ । यो गत वर्षको भन्दा १८ प्रतिशत ले कम हो। यस्तै कम्पनीको सञ्चालन नाफा पनि ६४ करोड ७१ लाख रुपैयाँबाट घटेर ४२ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ।
  
हिमालयन डिष्टिलरीको चुक्ता पुँजी २ अर्ब ४२ करोड ९५ लाख ६६ हजार रुपैयाँ रहेको छ। यसको जगेडा कोषमा ५५ करोड ७४ लाख रुपैयाँ जम्मा रहेको छ। पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैया २२ पैसा कायम भएको छ। गत वर्ष यसको इपीएस ३८ रुपैयाँ ९ पैसा थियो। यसको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ९४ पैसा छ।


प्रकाशित : आइतबार, माघ २९ २०७९०४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend