आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

टाटा जेनभोल्टज जेनेरेटरको उत्साहजनक बिक्री

images
शुक्रबार, माघ २७ २०७९
images
images
टाटा जेनभोल्टज जेनेरेटरको उत्साहजनक बिक्री

निर्माण एवं प्रूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरुलाई उपयूक्त यो उत्पादन २५ किलो भोल्टदेखि १२५ किलो भोल्ट क्षमतामा म्यानुअल र स्वचालित दुवै किसिममा उपलब्ध छ।

images
images

काठमाडौं- टाटा मोटर्सले नेपाली बजारमा सार्वजनिक गरेको जेनभोल्टज जेनेरेटरको छोटो समयमा नै उपभोक्ताहरुलाई मन जित्न सफल भइरहेको छ। टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको अनुसार सन २०२२ को बीचमा बिक्री वितरण सुरु गरेको टाटा जेनभोल्टज जेनेरेटरले छोटो अवधिमै नेपाली जेनेरेटर बजारको उल्लेखनीय अंश ओगट्न सफल भएको छ। 

images
images
images

कम्पनिले जनाएको अनुसार टाटा  जेनभोल्टज जेनेरेटरको बिक्रीमा उत्साहजनक ढंगले वृद्धि भइरहेको छ। विभिन्न प्रयोजनहरुको लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनुको साथै कम खर्चिलो पनि छ। त्यसैले बढीभन्दा बढी उपभोक्ताहरुमा यस प्रति आकर्षण देखिरहेको छ।

images
images

टाटा मोटर्सको अन्तर्राष्ट्रियस्तरको विकाश तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टरमा) डिजाइन, परीक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटर्सको डिजेल इन्जिन जडान गरिएको छ। सीपीसीबी २ सम्बन्धि उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरी  उत्कृष्ट कार्यक्षमता देखाँउछ। यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगको लागि अन्तर्राष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता पनि छ।  

images
images
images

सिप्रदी ट्रेडिङ प्रालिका ब्याट्री डिभिजनका प्रमुख सुरेशकुमार तिवारीका अनुसार टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रित कम्पनीको प्रयासमा एक नयाँ उर्जा प्रदान गरिरहेको छ।  ‘पूर्ण विश्वस्त छौं कि यो नेपालको पूर्वाधार एवं औद्योगिक विकासको लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल भइरहेको छ,’ उनले भने। 

निर्माण एवं प्रूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरुलाई उपयूक्त यो उत्पादन २५ किलो भोल्टदेखि १२५ किलो भोल्ट क्षमतामा म्यानुअल र स्वचालित दुवै किसिममा उपलब्ध छ।


प्रकाशित : शुक्रबार, माघ २७ २०७९१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend