बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

वाणिज्य बैंकले नघटाएपनि विकास बैंकहरूले घटाए निक्षेपको ब्याजदर

शुक्रबार, माघ २७ २०७९
वाणिज्य बैंकले नघटाएपनि विकास बैंकहरूले घटाए निक्षेपको ब्याजदर

यता वाणिज्य बैंकहरुले भने फागुनमा ब्याज यथावत राख्ने निर्णय गरेका छन्।

काठमाडौं- विकास बैंकहरुले निक्षेपतर्फको ब्याजदर घटाउने निर्णय गरेका छन्। डेभलपमेन्ट बैंकर्स एसोसिएसन (डीबान) को आज बसेको बैठकले फागुनका लागि ब्याजदर घटाउने निर्णय गरेको हो।

यता वाणिज्य बैंकहरुले भने फागुनमा ब्याज यथावत राख्ने निर्णय गरेका छन्। माघ महिनामा कायम ब्याजदरमा फागुनमा ०.२५ प्रतिशत बिन्दुले निक्षेप तर्फको ब्याजदर घटाउने निर्णय गरेको बताए।

फागुनमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा ११.७५ प्रतिशत, संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम गर्ने निर्णय भएको छ।

हाल विकास बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत ब्याजदर दिँदै आएका थिए।


प्रकाशित : शुक्रबार, माघ २७ २०७९१०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend