बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

सुनको मूल्य तोलामै १३ सय रुपैयाँ घट्यो

images
शुक्रबार, माघ २७ २०७९
images
images
सुनको मूल्य तोलामै १३ सय रुपैयाँ घट्यो

शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। बिहीबारको तुलनामा सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो। अघिल्लो साता मूल्यमा नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य त्यसयता घटिरहेको छ। 

images
images
images

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारका लागि छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँ घटेर १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ।  

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको हो। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images


प्रकाशित : शुक्रबार, माघ २७ २०७९०५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend