बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

ऋणको भाखा नाघेको एक महिनासम्म जरिवाना लिन नपाइने 

साना तथा मझौला उद्योगीले लिएको दुई करोडसम्मको ऋणको पुनर्संरचना गर्न पाउने 

शुक्रबार, माघ २७ २०७९
ऋणको भाखा नाघेको एक महिनासम्म जरिवाना लिन नपाइने 

धेरै परिमार्जन नगरेको राष्ट्र बैंकले समीक्षा मार्फत् ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको छ। यस्तो सुविधा विस २०८० सालको जेठ मसान्तसम्म मात्र कायम हुने छ। 

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ। मौद्रिक नीतिले लिएका मुख्य लक्ष्यहरू यथावत राख्दै राष्ट्र बैंकले समीक्षा सार्वजनिक गरेको हो। 

कसिलो नीतिकै कारणले भुक्तानी सन्तुलनमा आएको तथा मूल्यवृद्धि पनि मत्थर भएको तर आयात बढ्नसक्ने जोखिम कायमै रहेकाले कसिलो नीतिलाई निरन्तरता दिइएको राष्ट्र बैंकले उल्लेख गरेको छ। 

धेरै परिमार्जन नगरेको राष्ट्र बैंकले समीक्षामार्फत् ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको छ। यस्तो सुविधा २०८० सालको जेठ मसान्तसम्म मात्र कायम हुने छ। 

त्यस्तै साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको २ करोड रुपैयाँसम्मको कर्जालाई उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था मिलाइने राष्ट्र बैंकले उल्लेख गरेको छ। 
 
ब्याजदर करिडोर अन्तर्गतका दरहरू, अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र स्थायी तरलता सुविधासम्वन्धी व्यवस्थालाई यथावत लाई यथावत राख्दै बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था गर्ने राष्ट्र बैंकले घोषणा गरेको छ। 

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा


प्रकाशित : शुक्रबार, माघ २७ २०७९०४:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend