बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

व्यवस्थापनमा समस्या आएसँगै शिवम् सिमेन्टको नाफामा भारी गिरावट, लगानीकर्तालाई धक्का

शुक्रबार, माघ २७ २०७९
व्यवस्थापनमा समस्या आएसँगै शिवम् सिमेन्टको नाफामा भारी गिरावट, लगानीकर्तालाई धक्का

काठमाडौं- शिवम् सिमेन्ट्स लिमिटेडको नाफामा भारी गिरावट आएको छ। विवरणअनुसार कम्पनीको बिक्री आम्दानी र खुद नाफा दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। नयाँ सूचकसँगै दोस्रो बजारका लगानीकर्तालाई गम्भीर धक्का लाग्न सक्नेछ।

व्यवस्थापनमा समस्या आएपछि उत्पादन र बिक्री वितरणमा समेत असर देखिएको छ। केही समय अगाडि प्रमोटर सेयर बिक्री गरेरसमेत केही बाहिरिएका छन्। 

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले बिक्रीमार्फत ३ अर्ब ३४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.३७ प्रतिशत कम हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब ६० करोड ३१ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २०.५८ प्रतिशत घटेको छ भने कुल खर्च १८.८२ प्रतिशत घटेको छ।

बिक्री आम्दानी घटेको कारण समीक्षा अवधिमा कम्पनीको खुद नाफा पनि घटेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ३२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९९ प्रतिशत कम हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ४७ पैसा घटेर १४ रुपैयाँ ९६ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ ८५ पैसा रहेको छ। भने मूल्य आम्दानी अनुपात ३७.८३ गुणा रहेको छ। ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ७० करोड १२ लाख रुपैयाँ सञ्चित छ।


प्रकाशित : शुक्रबार, माघ २७ २०७९०२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend