बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

राष्ट्र बैंकको निफ्रालाई सुविधै सुविधा, यस्तो छ नयाँ व्यवस्था

शुक्रबार, माघ २७ २०७९
राष्ट्र बैंकको निफ्रालाई सुविधै सुविधा, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं-नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रालाई अन्य संस्थामा निक्षेपको रुपमा ब्याज खाने गरि रकम राख्ने बाटो खुलेको छ। यस अघि स्थापना भएको ४ वर्षसम्म मात्र निक्षेप राख्न सकिने ब्यबस्था भएकोमा नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै पाचौ वर्षमा पनि  निक्षेप राख्न सकिने ब्यबस्था गरेको हो ।

जस अनुसार बैंक निफ्राले कारोबार सञ्चालनभएको मितिले बढीमा ४ वर्षसम्म सबै प्रकारका स्रोतलाई र तत्पश्चात निक्षेप बाहेक संकलन भएको स्रोतलाई संकलन गरेको वर्ष संकलित स्रोतको ७५ प्रतिशतसम्म, दोश्रो वर्ष ५० प्रतिशतसम्म र तेश्रो वर्ष २५ प्रतिशतसम्म प्रतिस्पर्धाको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरुमा ब्याज प्राप्त हुने गरी प्रत्येक संस्थामा बढीमा रु। १ अर्बको सीमामा नबढ्ने गरी निक्षेप जम्मा गर्न सक्ने छ ।

नेपाल राष्ट्र बैंकले आज पूर्वाधार विकास बैंकको हकमा यस्तो निर्देशन जारी गरेको हो।

nifra 11.png


प्रकाशित : शुक्रबार, माघ २७ २०७९०२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend