बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

खुम्चिँदै जीवन बीमा कम्पनीको नयाँ व्यवसाय, ७५ प्रतिशतसम्म घट्दा कुनको कति?

शुक्रबार, माघ २७ २०७९
खुम्चिँदै जीवन बीमा कम्पनीको नयाँ व्यवसाय, ७५ प्रतिशतसम्म घट्दा कुनको कति?

काठमाडौं- जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय खु्म्चिँदै गएको छ। जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पुस महिनासम्ममा १४ अर्ब १७ करोड ७९ लाख २३ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सबै बीमा कम्पनीको प्रथम बीमाशुल्क घटेको हो। गत आवको सोही अवधिको तुलनामा ३१.२१ प्रतिशतले घटेको छ। गतवर्ष पहिलो ६ महिनामा २० अर्ब ६० करोड ९६ लाख ८८ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका थिए।

सुरुवातको किस्ता वापत प्राप्त हुने रकम प्रथम बीमाशुल्क भनिन्छ। बीमा कम्पनीहरूको सोही व्यवसाय घटेको हो।

कुनको कति घट्यो? 

यूनियन लाइफ इन्स्योरेन्स :  ७५.९५ प्रतिशतले घटेर ६६ करोड ६४ लाख रुपैयाँ

लाइफ इन्स्योरेन्स कर्पोरेसन : ११.८५ प्रतिशतले घटेर १ अर्ब २६ करोड ६६ लाख रुपैयाँमा 

गुराँस लाइफ : ५७.३२ प्रतिशतले घटेर १६ करोड रुपैयाँ 

प्रभु लाइफ : ४८.८२ प्रतिशतले घटेर ३० करोड ४५ लाख रुपैयाँ,

रिलायबल लाइफ : ४६.८१ प्रतिशतले घटेर ७२ करोड ७३ लाख रुपैयाँ

महालक्ष्मी लाइफ : ४१.४९ प्रतिशतले घटेर २२ करोड ८० लाख रुपैयाँ

एशियन लाइफ : ३०.६१ प्रतिशतले घटेर ७३ करोड ७२ लाख रुपैयाँ

राष्ट्रिय बीमा संस्थान  :४३.७३ प्रतिशतले ३५ करोड २१ लाख रुपैयाँ 

सिटिजन लाइफ : ३९.२१ प्रतिशतले घटेर ८७ करोड ९२ लाख रुपैयाँ 

रिलायन्स लाइफ : २९.६० प्रतिशतले घटेर ४३ करोड ५५ लाख रुपैयाँ, 

नेशनल लाइफ : २६.५४ प्रतिशतले घटेर १ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ 

सन नेपाल : २५.०४ प्रतिशतले घटेर ९६ करोड ६६ लाख रुपैयाँ 

मेट लाइफ : २१.७९ प्रतिशतले घटेर ६० करोड ३९ लाख रुपैयाँ

नेपाल लाइफ : २४.१४ प्रतिशतले घटेर यस २ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ 


प्रकाशित : शुक्रबार, माघ २७ २०७९०४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend