बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सस्तो मूल्यमा आएपछि बढ्न थाल्यो नबिलको सेयर मूल्य, उछिन्ला एनआईसी एसियालाई?

शुक्रबार, माघ २७ २०७९
सस्तो मूल्यमा आएपछि बढ्न थाल्यो नबिलको सेयर मूल्य, उछिन्ला एनआईसी एसियालाई?

काठमाडौं- नबिल बैंकको लगातार पहिलो नम्बरको ताज यतिबेला एनआईसी एसीयाले खोसेको भएपनि पुनः नबिलको सेयर मूल्य बढ्न थालेको छ। एनआईसी एसीयाको सेयर मूल्य बिहीबार ८४० रुपैयाँमा कारोबार हुँदा नबिलको ६९३ रुपैयाँमा कारोबार भएको छ। 

एकवर्ष अगाडि बढेर ११४९ रुपेयाँसम्म पुगेको नबिल बैंकको सेयर मूल्य ६७५ रुपैयाँमा झरेको थियो। पुनः बढेर ६९३ रुपैयाँमा कारोबार भएको छ। बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँले बढेको हो। धेरै कारोबार हुने सूचीकाे दोस्रो नम्बरमा रहेको बैंकको ८३ हजार कित्ता कारोबार हुँदा ५ करोड ७३ लाख रुपैयाँको कारोबार भएको थियो। 

नबिलले लगानीकर्तालाई लगातार आकर्षक लाभांश दिइरहेको छ। गत वर्षको नाफाबाट पनि बैकले ३० प्रतिशत लाभांश वितरण गरिसकेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म नबिल बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ रुपैयाँ नाफा कमाएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशत बढी हो। 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९७ करोड १३ लाख ६९ हजार रुपैयाँ रहेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले नाफा बढेको छ। पुस मसान्तसमम बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रुपैयाँ पुगेको छ।

बैंकको सञ्चालन नाफा ५६.०७ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड १७ लाख ९६ हजार रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३३ पैसा पुगेको छ भन् प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको छ। २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोढ ४१ लाख ४० हजार रुपैयाँ रहेको छ।

३ खर्ब ४७ अर्ब ४६ करोड १६ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब १५ अर्ब ६४ करोड १५ लाख २९ हजार कर्जा लगानी गरेको छ।


प्रकाशित : शुक्रबार, माघ २७ २०७९०१:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend