बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एकैदिन १० अर्ब निक्षेप घट्यो, ऋण लगानी ६ अर्ब बढ्यो

बिहीबार , माघ २६ २०७९
एकैदिन १० अर्ब निक्षेप घट्यो, ऋण लगानी ६ अर्ब बढ्यो

काठमाडौं- एकैदिन १० अर्ब निक्षेप घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार ५३ खर्ब ६५ अर्बबाट एकैदिनमा १० अर्ब घटेको हो। यता वित्तीय संस्थाहरुको ऋण लगानी ६ अर्बले बढेको छ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको निक्षेप पनि ४७ खर्ब २७ अर्बबाट घटेर ४७ खर्ब १७ अर्ब रुपैयाँमा झरेको छ।

यता सीडी रेसियो ८६.६३ प्रतिशत पुगेको छ भने अन्तरबैंक ब्याजदर ४.३५ प्रतिशतमा झरेको छ।

निक्षेप आउन थालेपछि बैंकहरुले ऋण लगानी बढाउन थालेका छन्।

साथै नेपाल बैंकर्स संघले फागुन महिनामा ब्याजदर नघटाउने निर्णय गरेको छ। माघमा ब्याजदर घटाएर ११ प्रतिशतमा झारिएको थियो। तर संघले फागुनमा ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो।  


प्रकाशित : बिहीबार , माघ २६ २०७९१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend