बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सातामा एकदिनमात्र घटेको बजारमा सकारात्मक संकेत, देखियो ८८ अंकको वृद्धि

बिहीबार , माघ २६ २०७९
सातामा एकदिनमात्र घटेको बजारमा सकारात्मक संकेत, देखियो ८८ अंकको वृद्धि

काठमाडौं- गएको केही सातायता उतारचढावमा रहेको सेयर बजारमा यो साता सकारात्मक सुधार देखिएको छ। यो साता एकदिनमात्र घटेको बजारमा समग्रमा ८८.०५ अंकको वृद्धि देखियो। 

साताको अन्तिम कारोबारमा बिहीबार १२.४३ अंकले बढेर २१८२.६८ बिन्दुमा पुगेको छ। १ सय ५२ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब रुपैयाँको मात्र कारोबार भएको छ। गएको केही सातायता अहिले कारोबार रकममा कमी आइरहेको छ। 

गएको साता ८८.५८ अंकले घटेको सेयर बजारमा यो साताको पहिलो कारोबारमा आइतबार १.५४ को झिनो अंकले बढेको थियो। सोमबार पनि ४.५७ अंकको मात्र वृद्धि देखिएको बजारमा मंगलबार ७६.६४ अंकको उछाल आएको थियो। बुधबार ७.१३ अंकले घटेर बजार २१७०.२१ बिन्दुमा झरेको थियो। 

नयाँ सरकार आएसँगै सुधारतर्फ बढेको भनिएको सेयर बजार केही समयको उछालपछि निरन्तर उतारचढाव देखिएको थियो। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी गरिरहँदा बजारमा सुधारको आश देखिएको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बिहीबार , माघ २६ २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend