बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

निक्षेप बढेपनि फागुनमा ब्याजदर नघटाउने बैंकर्स संघको निर्णय

बिहीबार , माघ २६ २०७९
निक्षेप बढेपनि फागुनमा ब्याजदर नघटाउने बैंकर्स संघको निर्णय

काठमाडौं- फागुनमा ब्याजदर स्थिर हुने भएको छ। नेपाल बैंकर्स संघको बिहीबार बसेको बैंठकले ब्याजदरमा कुनै पनि परिवर्तन नगर्ने निर्णय गरेका हो। माघमा १० प्रतिशत ब्याजदर कटौती गरेता पनि फागुनमा भने यथावत राख्ने निर्णय गरेका हुन्।

लगातार निक्षेप बढे पनि ब्याजदर भने घटाएनन्। माघमा ब्याजदर घटाउँदा बैंकर्सहरूले फागुन र चैतमा पनि ब्याजदर घट्ने जनाएका थिए। माघदेखि साधारण मुद्दतिको ब्याजदर ११ प्रतिशत छ। वाणिज्य र विकास बैंकहरूले ले ब्याजदर माघ १ गते देखि लागु हुनेगरी ब्याजदर घटाउका थिए। 

वाणिज्य बैंकहरूले हुनेगरी १‍‍.१३ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्। योसँगै निक्षेपको नयाँ ब्याजदर ११ प्रतिशत हुने भएको छ। यसअघि बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने गरेका थिए भने संस्थागत मुद्दती निक्षेपमा १०.१३ प्रतिशत दिने गरेका थिए। 

विकास बैंकहरूले पुसमा कायम ब्याजदरमा ०.८५ प्रतिशत घटाएर माघ महिनाका लागि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत कायम गर्ने निर्णय भएको थियो।

विकास बैंकहरूले पुस महिनामा ब्याजदर स्थिर राख्दै मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२.८५ प्रतिशत, संस्थागतर्फ १०.८५ र रेमिट्यान्समा १३.८५ प्रतिशत कायम गरेका थिए। राष्ट्र बैंकको निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन्। 


प्रकाशित : बिहीबार , माघ २६ २०७९०८:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend