शनिबार, साउन १२ गते २०८१    
images
images
images

आन्तरिक उडानमा कुन एयरलाइन्सको कति जहाज, कति थपिएला?

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २ २०७८
images
images
आन्तरिक उडानमा कुन एयरलाइन्सको कति जहाज, कति थपिएला?

आन्तरिक उडानमा अहिले ८ वटा निजी हवाई सेवा प्रदायक कम्पनीहरुले आन्तरिक हवाई सेवा प्रदान गर्दै आएका छन्।

images

काठमाडौं- आन्तरिक उडानमा अहिले ८ वटा निजी हवाई सेवा प्रदायक कम्पनीहरुले आन्तरिक हवाई सेवा प्रदान गर्दै आएका छन्।

images
images

बुद्ध एयर, यती एयरलाइन्स, श्री एयर, सौर्य एयरलाइन्स, गुण एयर, सिता, तारा र समिट एयरले आन्तरिक हवाई सेवा प्रदान गर्दै आएका छन्।

images

जसमा बुद्ध, यती, श्री, सौर्य र गुणले टंक (सुगम) रुटमा उडान गर्दै आएका छन् भने सिता, तारा र समिट एयरले स्टल (दुर्गम) रुटमा उडान गर्दै आएका छन्।

तर, कोराना कारण हवाई सेवा प्रदायक कम्पनीहरु संकटमा पर्न थालेका छन्।केही एयरलाइन्सले भने संकटकै समयमा पनि थप जहाज भित्र्याउँदै आएका छन्।

images

संकटकै समयमा बुद्ध, यती, र सौर्यले जहाज थपिसकेका छन्। अहिले पुनः बुद्ध, यती र श्रीले थप जहाहज थप्ने तयारी गरिरहेका छन्।

आन्तरिक उडानमा ५२ जहाज

अहिले आन्तरिक उडानमा ५२ वटा जहाज रहेका छन्। तर, केही एयरलाइन्समा केही जहाज ग्रााउन्न्डेड पनि छन। आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगट्न सफल बुद्ध एयरको १५ वटा जहाज छन्। बुद्धसँग १३ वटा एटिआर र २ वटा विजक्राफ्ट जहाज छन्।

domestice plane.jpg

यसैगरी दोस्रो बजार हिस्सा ओगट्दै आएको यतीसँग भने अहिले ५ वटा मात्रै जहाज छन। यतीसँग भएका सबै जहाज एटिआर नै हो। साथै श्रीसँग ६ वटा र सौर्यसँग ३ वटा जहाज रहेका छन् भने गुण एयरलाइन्ससँग ७ वटा जहाज छन्। तर, गुण एयरलाइन्स अहिले उडानमा छैन।

यसैगरी स्टलमा उडान गर्दै आएको सितासँग ४, तारासँग ४ र समिटसँग ५ वटा जहाज छन्। यसैगरी, सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले पनि ३ वटा जहाज आन्तरिक उडानमा प्रयोग गर्दै आएको छ।

३ एयरलाइन्सले नयाँ जहाज थप्दै

आन्तरिक उडानमै रहेको ३ वटा एयरलाइन्सले ६ वटा जहाज थप्ने तयारी गरेका छन्। श्री एयरले ३ वटा जहाज थप्नका लागि अनुमति पाइसकेको छ। एयरलाइन्सले २०२१ भित्रै जहाज ल्याउने तयारी गरेको छ।

यती एयरलाइन्सले पनि २ वटा एटिआर जहाज र बुद्धले पनि एउटा एटिआर जहाज थप्ने तयारी गरेको छ।


प्रकाशित : बुधबार, भदौ २ २०७८०८:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend