बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

रेमिट्यान्स कम्पनीहरूलाई १५ दिनभित्र विवरण बुझाउन राष्ट्र बैंकको निर्देशन

बिहीबार , माघ २६ २०७९
रेमिट्यान्स कम्पनीहरूलाई १५ दिनभित्र विवरण बुझाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं- नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको विवरण बुझाउने समय अवधि तोकेको छ। कम्पनीहरूले दैनिक विवरण ३ दिनमा, मासिक सात, त्रैमासिक र वार्षिक विवरणका लागि १५ दिनको समय दिएको हो।

बैंकले निर्देशन जारी गर्दै विप्रेषण कम्पनी आफैले वा सब-एजेन्ट तथा सब-रिप्रिजेन्टेटिभहरू मार्फत गरेको इनवार्ड रेमिट्यान्सको भुक्तानी विवरण अंग्रेजी महिना अनुसार मासिक रुपमा पठाउनु पर्छ। तर, कम्पनीले यस्तो मासिक विवरण महिना सकिएको सात दिनभित्र राष्ट्र बैंकमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले विप्रेषण कम्पनीले कारबाही गरेका सब एजेन्ट तथा सब रिप्रिजेन्टेटिभहरूको विवरण अंग्रेजी महिना अनुसार नै मासिक विवरण बुझाउनु पर्ने व्यवस्था गरेको छ। उक्त विवरण पनि अंग्रेजी महिना सकिएको एक साता भित्र केन्द्रीय बैंकमा बुझाउनु पर्ने।

राष्ट्र बैंकका अनुसार देशगत इनवार्ड रेमिट्यान्स को कारोबार विवरण पनि अंग्रेजी महिनाका आधारमा मासिक रुपमा बुझाउनु पर्छ। देशगत इनवार्ड रेमिट्यान्सको कारोबारको दैनिक विवरण भने कारोबार भएको ३ दिन भित्र केन्द्रीय बैंकमा पेस गर्नु पर्छ।


प्रकाशित : बिहीबार , माघ २६ २०७९०४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend