आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

पर्यटक आकर्षित गर्न भ्यूटावर

images
बिहीबार , माघ २६ २०७९
images
images
पर्यटक आकर्षित गर्न भ्यूटावर

विर्तामोडको मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौतले भ्यूटावर निर्माण गरिएको छ ।

images
images

काठमाडौं- विर्तामोडको मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौतले भ्यूटावर निर्माण गरिएको छ ।

images
images
images

शिक्षासेवी जयनारायण ढुङ्गानाले बिर्तामोड–२ मा आठ बिघा निजी जग्ग्गामा निर्माण गर्नुभएको श्रीजय ड्रिमल्याण्ड उद्यानमा  एक करोडको लगानीमा भ्यूटावर बताएका छन्। झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा रहेको यो भ्यूटावर र उद्यानले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सम्भावना रहेको स्थानीय विजय बराल बताउँछन्।

images
images

चार दशकअघि जिल्लाकै पहिलो कनकाई अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय स्थापना गर्नुभएका शिक्षासेवी ढुङ्गाना पछिल्लो समय पर्यटकीय उद्यान निर्माणमा जुटेका छन्। सो उद्यानमा लिची, आँप, अम्बालगायत फलफूलका बोट हुर्किएका छन्। घुमफिरका लागि आउने पर्यटकले बगैँचामा ताजा फलफूल किनेर खान पाउनुका साथै दृश्यावलोकन गर्न सक्नेछन्।

images
images
images

ढुङ्गानाले विगत छ वर्षेदेखि उद्यान निर्माण थाल्नुभएको हो। “पैसा कमाउने उद्देश्यले होइन, समाजलाई शिक्षा दिने र पर्यावरणलाई स्वच्छ बनाउने सोचले उद्यान बनाएको हुँ”, उनले भने। उनले उद्यानभित्र निर्माण गर्नुभएको नौतले भ्यूटार एक सय नौ फिट अग्लो छ। यहाँबाट झापाका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ। टावरको आठ तलासम्म सपिङ कम्प्लेक्स सञ्चालनको तयारी छ।

उद्यानमा आन्तरिक पर्यटक आउन थालिसकेका छन्। उद्यानमै सेमिनार र वनभोज कार्यक्रम गर्न सकिने व्यवस्था गरिएको छ। तीन करोडको लागतमा उद्यान निर्माण गरिएको हो। उद्यानमा स्विमिङ पुल, रिसोर्ट, फुटसल खेल्ने व्यवस्था गर्न लागिएको । ‘उद्यानमा प्रत्येक वर्ष ‘लिची महोत्सव’ गरिँदै आएको छ’, उनले भने। रासस


प्रकाशित : बिहीबार , माघ २६ २०७९०१:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend