आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

हवाई सेवा सुरक्षित बनाउने विषयमा सर्वोच्चले माग्यो लिखित जवाफ 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २५ २०७९
images
images
हवाई सेवा सुरक्षित बनाउने विषयमा सर्वोच्चले माग्यो लिखित जवाफ 

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले बुधबार उक्त विषयमा सरकारसँग लिखित जवाफ माग गर्दै अग्राधिकार प्रदान गरेको छ।

images
images

काठमाडौं- सर्वोच्च अदालतले हवाई यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदनमा लिखित जवाफ माग गरेको छ।

images
images
images

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले बुधबार उक्त विषयमा सरकारसँग लिखित जवाफ माग गर्दै अग्राधिकार प्रदान गरेको छ।

images
images

वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले यही माघ २० गत दायर गरेको रिट निवेदनमा हवाई यातायात सञ्चालनसम्बन्धी विद्यमान कानून, नीति एवं हवाई सुरक्षा मापदण्डको संशोधन एवं परिमार्ज गर्न माग गरिएको छ।
  
रिट निवेदनमा अहिलेको हवाई यातायात सुरक्षासम्बन्धी व्यवस्थाले हवाई यातायातको क्षेत्र सुरक्षित नभएको हुँदा उक्त मापदण्ड संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता भएको जिकिर गरिएको छ ।

images
images
images

विशेषज्ञ सम्मिलित उच्चस्तरीय समिति गठन गरी विद्ययमान कानून, नियमका साथै सुरक्षा मापदण्डको पुनरावलोकन गर्नुपर्ने र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्ड पालना भए/नभएको अनुगमनका लागि स्थायी संयन्त्र निर्माण गर्नसमेट रिट निवेदनमा माग गरिएको छ। साथै हवाई दुर्घटनाको जाँचका लागि स्थायी संयन्त्र निर्माण गर्न माग गरिएको छ। रासस


प्रकाशित : बुधबार, माघ २५ २०७९१३:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend