बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एकदिन उचालिएको सेयर बजार पुन: ओरालोतिर

बुधबार, माघ २५ २०७९
एकदिन उचालिएको सेयर बजार पुन: ओरालोतिर

काठमाडौं- गएको केही सातायता उतारचढावमा रहेको सेयर बजार एक कारोबारमा उचालिएर पुन: घटेको छ। नयाँ सरकार आएसँगै सुधारतर्फ बढेको भनिएको सेयर बजार केही समयको उछालपछि निरन्तर उतारचढाव देखिन्छ।

गएको साता ८८.५८ अंकले घटेको सेयर बजारमा यो साताको पहिलो कारोबारमा आइतबार १.५४ को झिनो अंकले बढेको थियो। सोमबार पनि ४.५७ अंकको मात्र वृद्धि देखिएको बजारमा मंगलबार ७६.६४ अंकको उछाल आएको थियो।

बुधबार ७.१३ अंकले घटेर बजार २१७०.२१ बिन्दुमा झरेको छ। ६७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको छ। १ सय ४२ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी गरिरहँदा बजारमा सुधारको आश देखिएको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बुधबार, माघ २५ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend