बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

फागुन १० देखि हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार हुने

बुधबार, माघ २५ २०७९
फागुन १० देखि हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार हुने

काठमाडौं- हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार फागुन १० गते बाट हुने भएको छ। हिमालयन बैंक लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्न गत असारमा सम्झौता भएको थियो।

दुई बैंकबीच १०० कित्ता सेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात १००ः ८०.२८ कित्ता कायम गरी प्राप्ती (एक्विजिशन) गर्ने सम्झौता भएको थियो। सोही सम्झौतालाई दुबै बैंकका साधारणसभाले पारित समेत गरिसकेका छन्।

यसअघि माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी भएपनि केही प्राविधिक कारणले एकीकृत कारोकार रोकिएको थियो। अब एकीकृत कारोबार फागुन १० गते गर्ने निर्णय भएको हो। 

राष्ट्र बैंकमा अन्तिम स्वीकृति पाएको एक महिनाभित्र १ महिनाभित्र एकीकृत कारोबार गर्नुपर्ने व्यवस्था रहेको छ। नेपाल राष्ट बैंकले फागुन १६ गतेसम्म एकीकृत कारोबार गर्न निर्देशन दिएको छ।

हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। प्रारम्भिक सम्झौता हुँदा मर्जरपश्चात् पनि हिमालयन बैंकको सञ्चालक समिति कायम रहने सहमति भएको छ। मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन्। 


प्रकाशित : बुधबार, माघ २५ २०७९०८:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend