सोमबार, मंसिर १० गते २०८१    
images
images

युएसएआईडीद्वारा ५ करोड ८५ लाख अमेरिकी डलर सहयोगको घोषणा

'नेपाल सरकार र जनतासँगको लोकतान्त्रिक साझेदारीमा बढोत्तरी'

images
मंगलबार, माघ २४ २०७९
images
images
युएसएआईडीद्वारा ५ करोड ८५ लाख अमेरिकी डलर सहयोगको घोषणा
images
images

काठमाडौं- प्रशासक समान्था पावरद्वारा नेपालका लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका निम्ति ५ करोड ८५ लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ। 

images
images
images

प्रशासक समान्था पावरले आज नेपालका सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन युएसएआईडीले ५ करोड ८५ लाख अमेरिकी डलर (साढे ७ अर्ब रुपैयाँभन्दा बढी) सम्मको सहयोग प्रदान गर्ने घोषणा गरेकी छिन्। सो रकम स्रोतको उपलब्धतामा निर्भर हुनेछ। उक्त घोषणाको रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो।

images

यसै वर्ष पारदर्शी तथा शान्तिपूर्ण आमनिर्वाचन सम्पन्न भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायहरूको समावेशीकरणलाई अगाडि बढाउने, आफ्ना युवाहरूको सशक्तीकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग छ। यस कार्यमा अमेरिकाको साझेदारी रहनेछ।

images

युएसएआईडीका लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानूनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धिहरू मजबुत पार्न र नेपालीहरूका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्नेछन्। मानव बेचबिखनविरुद्ध लड्न नेपाललाई सहयोग गर्न पनि युएसएआईडीले जारी राख्‍नेछ।  

समावेशी लोकतन्त्रको सुदृढीकरण : आज घोषित लगानीमा आर्थिक दृष्‍टिकोणबाट अझ बढी पारदर्शी र जबाफदेही तवरबाट सार्वजनिक सेवाहरू प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न २ करोड डलरसम्म समावेश गरिएको छ।

नागरिक समाज र सञ्‍चार माध्यमको समर्थन : उक्त लगानीमा सामुदायिक आवश्यकता, आधारभूत स्वतन्त्रता र जबाफदेहितालाई अघि बढाउन महिला, युवा र सीमान्तकृत समुदायहरूका नेतृत्वमा र उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थाहरूलाई सहयोग गर्न १ करोड ८५ लाख डलरसम्मको रकम समाविष्‍ट छ।

सरकार र आमजनतासँग प्रभावकारी रूपमा संलग्न हुन आवश्यक सिप, विश्वसनीयता र विधिहरू विकास गर्दै गर्दा उक्त नागरिक समाजका सङ्गठनहरूसँग युएसएआईडीले काम गर्नेछ। युएसएआईडीले सञ्चार माध्यममाथिको सामाजिक विश्‍वास बढाउने किसिमका विश्‍वसनीय सूचना र अझ बढी विविधतायुक्त भाष्यहरूमा सार्वजनिक पहुँच सुधार गर्ने प्रयासहरूलाई सहयोग गर्न सञ्चार माध्यमहरूसँग पनि साझेदारी गर्नेछ।

स्थानीय निर्वाचन तथा कानूनी शासनलाई मजबुत बनाउने र मानव बेचबिखनविरुद्ध लड्ने : कानूनी शासनलाई मजबुत बनाउन, स्वतन्त्र र निष्‍पक्ष निर्वाचनलाई थप टेवा पुर्‍याउन र मानव बेचबिखनविरुद्ध लड्न पनि युएसएआईडीले स्थानीय नेपाली सङ्गठनहरू र सरकारी संस्थाहरूसँग निकट रही काम गर्ने र तिनलाई सहयोग गर्नेछ।

यी नयाँ लगानीहरू नेपालका लक्ष्य र आकाङ्क्षाहरूलाई टेवा पुर्‍याउन नेपालका सरकार र जनता, निजी क्षेत्र र अन्यसँग रहेको युएसएआईडीको ६० वर्षभन्दा लामो साझेदारीमा आधारित छन्।

साझेदारीप्रति युएसएआईडीको दृष्टिकोण नेपालीहरूले आफ्नो लोकतन्त्रलाई कसरी सुदृढ बनाउने भनी राम्ररी जान्दछन् र सम्मानजनक र पारस्परिक सहयोगबाट मात्र हामी नेपाललाई समृद्ध बन्न मद्दत गर्न सक्छौँ भन्ने मान्यतामा आधारित छ। नेपालले हालसालै जारी गरेको साझा न्यूनतम कार्यक्रममा समाविष्‍ट लगायतका सरकारी प्राथमिकताहरूसँग हाम्रो सहयोगलाई समायोजन गर्न सम्बन्धित नेपाली सरकारी निकायहरूसँगको साझेदारीमा काम गर्न युएसएआईडी तत्पर छ।


प्रकाशित : मंगलबार, माघ २४ २०७९१३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend