बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

हकप्रद पाउने भएपछि अपी पावरको सेयर मूल्यमा लगातार उछाल, कति दिन पाइन्छ आवेदन?

बुधबार, माघ २५ २०७९
हकप्रद पाउने भएपछि अपी पावरको सेयर मूल्यमा लगातार उछाल, कति दिन पाइन्छ आवेदन?

काठमाडौं- हकप्रद पाउने भएसँगै अपी पावर कम्पनीको सेयर खरिदमा लगानीकर्ता झुम्मिएका छन्। कम्पनीको सेयरमा लगानीकर्ता ओइरिएपछि सेयर मूल्यमा लगातार उछाल आएको छ।

कम्पनीको सेयर मूल्य बढेर २९६ रुपैयाँ पुगेको छ। कम्पनीको मंगलबार पनि प्रतिकित्ता १८.५० रुपैयाँले बढेको छ। मंगलबार कम्पनीकाे ६.६ प्रतिशतले सेयर मूल्य बढेकाे छ।

कम्पनीकाे ३ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा ९ कराेड ३३ लाख रुपैयाँकाे काराेबार भएकाे छ।

api.JPG

गत साता कम्पनी विद्युत नियमन आयोगले अपि पावर कम्पनी लिमिटेडलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको थियो। दोस्रो बजार न्यून भएको अपी पावर कम्पनीको सेयर मूल्य अहिले लगातार बढिरहेको छ।

आयोगले माघ १२ गते कम्पनीलाई हकप्रद निष्काशन गर्न पूर्व स्वीकृति प्रदान गरेको थियो। कम्पनीको पछिल्लो समय बढेर २९६ रुपैयाँ पुगेको छ। १०० कित्ता सेयर हुने लगानीकर्ताले ४० कित्तामा आवेदन दिन पाउने छन्। 

कम्पनीले माघ ३ गते हकप्रद सेयर निष्काशन गर्न साधारण सभामा प्रस्ताव लैजान पूर्व स्वीकृतिको लागि निवेदन पेश गरेको थियो। उक्त निवेदनको आधारमा कम्पनीलाई आयोगले हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात १० कित्ता सेयर बराबर नयाँ ४ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो।

कम्पनीले हाल सञ्चालन गरी विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको हो।कम्पनीले हाल ८.५ मेगावाटको गौगड गाढ जलविद्युत आयोजना, ८ मेगावाटको अप्पर नौगड गाढ जलविद्युत आयोजना, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना र १–१ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना र सिमरा सौर्य विद्युत आयोजना सञ्चालन गरिरहेको छ। यी आयोजना सञ्चालन गर्न कम्पनीले कुल १ अर्ब ६८ करोड ५५ लाख ७४ हजार ६५ रुपैयाँ ४३ पैसा ऋण लिएको छ।


प्रकाशित : बुधबार, माघ २५ २०७९०३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend