बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

निरन्तर उही बिन्दु वरपर रहेको सेयर बजारमा देखियो उछाल, अब लय समात्ला कि ठूलाकै चलखेल?

मंगलबार, माघ २४ २०७९
निरन्तर उही बिन्दु वरपर रहेको सेयर बजारमा देखियो उछाल, अब लय समात्ला कि ठूलाकै चलखेल?

काठमाडौं- नयाँ सरकार आएसँगै सुधारतर्फ बढेको भनिएको सेयर बजार केही समयको उछालपछि निरन्तर उतारचढावमा रहँदै ओरालो लागिरहेको थियो। गएको सातादेखि नै गतिहीन देखिएको बजारमा यो साता तेस्रो कारोबारमा भने व्यापक वृद्धि देखिएको छ।

गएको साता ८८.५८ अंकले घटेको सेयर बजारमा यो साताको पहिलो कारोबारमा आइतबार १.५४ को झिनो अंकले बढेको थियो। सोमबार पनि ४.५७ अंकको मात्र वृद्धि देखिएको बजारमा मंगलबार उछाल आएको हो।

मंगलबार ७६.६४ अंकले बढेर बजार २१७७.३४ बिन्दुमा पुगेको छ। मंगलबार गएको केही कारोबारयता रकममा पनि सुधार देखिएको छ। ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँको कारोबार भएको बजारमा २ सय १५ कम्पनीको सेयर मूल्य बढेको छ। माहुली लघुवित्त वित्तीय संस्ठाको सेयर मूल्यमा मात्र कुनै परिवर्तन भएको छैन। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी गरिरहँदा बजारमा सुधारको आश देखिएको हो। तरलता अधिक भएसँगै सेयर बजारको कर्जामा फुकुवा हुने साथै मौद्रिक नीतिको समीक्षा बजारअनुकुल हुने आशमा लगानीकर्ता रहेका छन्।

अहिलेको उतारचढावपूर्ण स्थितिमा आएको वृद्धि केही ठूला लगानीकर्ताको चलखेल हो या बजारले सुधारको बाटो समातेको हो भन्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्। अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ।


प्रकाशित : मंगलबार, माघ २४ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend