बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पुस महिनामा डिजिटल माध्यमबाट साढे ४१ खर्ब भुक्तानी

मंगलबार, माघ २४ २०७९
पुस महिनामा डिजिटल माध्यमबाट साढे ४१ खर्ब भुक्तानी

काठमाडौं- पुस महिनामा डिजिटल कारोबारका माध्यमबाट ४१ खर्ब बढी रुपैयाँ भुक्तानी भएको जनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार विद्युतीय माध्यमबाट ४१ खर्ब ४५ अर्ब ९० करोड रुपैयाँबराबरको भुक्तानी भएको हो।

पुसमा आरटीजीएस, एटीएमसहितका १५ विद्युतीय माध्यमबाट प्रयोगकर्ताले ७ करोड ४१ लाख २२ हजार ६५२ वटा कारोबार गरेका छन्। मंसिरमा भने ७ करोड ७ लाख ३७ हजार ३१४ वटा कारोबारबाट ३६ खर्ब ९७ अर्ब ९० करोड रुपैयाँ भुक्तानी भएको थियो।

राष्ट्र बैंकले आरटीजीएस, एटीएम, ईसीसी, आईपीएस, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, शाखारहित बैंकिङ, बालेट, क्यूआर, पीओएस र ई–कमर्सका माध्यमबाट उक्त रकमबराबरको कारोबार भएको जनाएको हो।

अनुसन्धान विभागले मंसिरको तुलनामा पुसमा विद्युतीय कारोबार र भुक्तानी दुवैमा त्रमशः ३३ लाख ५ हजार ३३ वटा कारोबार र ४ खर्ब ४८ अर्ब २४ करोड रुपैयाँ भएको जानकारी दिएको हो।

समीक्षा अवधिमा मोबाइल बैंकिङबाट सर्वाधिक कारोबार भएको छ। मोबाइल बैंकिङबाट २ करोड १६ लाख ४५ हजार १६२ वटा कारोबार हुँदा सबैभन्दा कम प्रिपेड कार्डबाट ६० हजार ७६० वटामात्रै कारोबार भएको छ। यी दुई माध्यमबाट क्रमशः १ खर्ब ६७ अर्ब ८० करोड र ४० करोड बरारबरको भुक्तानी भएको हो।

तर, रकम भुक्तानीका आधारमा भने आरटीजीएस प्रणालीबाट सबैभन्दा धेरै भुक्तानी भएको छ। यस प्रणालीबाट ६८ हजार ७७४ वटा कारोेबारबाट २७ खर्बबढी रकम भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।


प्रकाशित : मंगलबार, माघ २४ २०७९०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend