बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

आदर्श लघुवित्तको सेयरमा लगातार उछाल, कति मूल्यसम्म पुग्ला?

मंगलबार, माघ २४ २०७९
आदर्श लघुवित्तको सेयरमा लगातार उछाल, कति मूल्यसम्म पुग्ला?

काठमाडौं- पछिल्लो समय लगातार आदर्श लघुवित्तको सकारात्मक सर्किट लागेको छ।

कम्पनीको पछिल्लो दुईसाता यता लगातार सर्किट लागेर सेयर मूल्य २३३३.८० रुपैयाँ पुगेको छ। सोमबार पनि १० प्रतिशतले सेयर मूल्य बढ्दा प्रतिकित्ता २१२ रुपैयाँ बढेको छ।  

adabl.JPG

कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश दिदैँछ। कम्पनीको सोमबार मात्रै १ हजार कित्ता कारोबार भएको छ।

२५६ रुपैयाँबाट लगातार बढीरहेको कम्पनीको सेयर मूल्य अझै माथी संकेत देखिएको छ। कम्पनीको २ करोड चुक्ता पुँजी रहेको छ। भने बजार पुँजीकरण ४८ करोड ३० लाख रुपैयाँ पुगेको छ। 

आदर्श लघुवित्त वित्तीय संस्थालाई डिपोक्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने सम्झौता समेत भइसकेको छ। 


प्रकाशित : मंगलबार, माघ २४ २०७९०२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend