बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एनआईसी एसियाको सेयर मूल्य लगातार बढेर एकवर्ष यताकै महँगो हुँदै, कतिसम्म पुग्ला?

सोमबार, माघ २३ २०७९
एनआईसी एसियाको सेयर मूल्य लगातार बढेर एकवर्ष यताकै महँगो हुँदै, कतिसम्म पुग्ला?

काठमाडौं- एनआईसी एसियाको सेयर दोस्रो बजारमा सोमबार प्रतिकित्ता ८२८ रुपैयामा कारोबार भएको छ। यो मूल्य एकवर्ष यताकै उच्च मूल्यनजिक हो। एकवर्ष अगाडि बैंकको मूल्य बढेर ८३१ रुपैयाँसम्म पुगेको थियो। 

लगातार बढेको सेयर मूल्य सोमबार प्रतिकित्ता ११ रुपैयाँले घढेको छ भने सबैभन्दा बढी कारोबार हुने सूचीमा समेत परेको छ। बैंकको सोमबार ७८ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ६ करोड ४५ लाख रुपैयाँ कारोबार भएको छ। 

nic 111.JPG

एनआईसी एसिया बैंक लाभांश नदिएपनि सूचकमा देखिएको बृद्धिले लगानीकर्तामा आकर्षण देखिएकाे छ। बैंकले चालु वर्षको पहिलो  ६ महिनामा  ३ अर्ब २७ करोड रुपैयाँ नाफा गरेको छ।

बैंकले दोस्रो त्रैमाससम्म उक्त नाफा गर्न सफल भएको हो। गतवर्षको तुलनामा ३६ प्रतिशतको वृद्धि हो। दोस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २६६.६८ अर्ब पुर्याउन सफल भएको छ। साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.७० अर्ब पुर्याउन बैंक सफल भएको छ। 

यसैगरी बैंकको पुँजी प्रतिफल २४.७५ प्रतिशत रहेको छ। साथै यस बैंकले वार्षिक प्रति सेयर आम्दानी ५६.७७ आर्जन गर्न बैंक सफल भएको छ। स्व–पुँजीमा प्रतिफल र प्रति सेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ।

बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई दोस्रो त्रयमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ।


प्रकाशित : सोमबार, माघ २३ २०७९०९:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend