शनिबार, चैत १८ गते २०७९

पुन: गतिहीन देखियो सेयर बजार, कारोबार रकमसमेत घट्दो

images
images
पुन: गतिहीन देखियो सेयर बजार, कारोबार रकमसमेत घट्दो
images
images

काठमाडौं- नयाँ सरकार आएसँगै सुधारतर्फ बढेको भनिएको बजार पुन: गतिहीन देखिएको छ। गएको साता ८८.५८ अंकले घटेको सेयर बजारमा यो साता पनि अपेक्षाकृत सुधार हुन सकेको छैन।

images
images
images

साताको पहिलो कारोबारमा आइतबार १.५४ अंकले बढेर बजार २०९६.०८ बिन्दुमा पुगेको थियो। सोमबार बजारमा झिनो अंकको वृद्धि देखिएको छ।

सोमबार ४.५७ अंकले बढेर बजार २१००.६५ बिन्दुमा पुगेको छ। गएको सातादेखि कारोबार रकममा आइरकेको कमी अहिले पनि उचालिन सकेको छैन। सोमबार १ सय ४ कम्पनीको सेयर मूल्य बढ्दा १ अर्ब ४७ करोड ४१ लाख रुपैयाँको मात्र कारोबार भएको छ। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी गरिरहँदा लगानीकर्ता पर्ख र हेरकै अवस्थामा देखिएको विश्लेषकहरू बताउँछन्। तरलता अधिक भएसँगै सेयर बजारको कर्जामा फुकुवा हुने आशमा लगानीकर्ता देखिएका छन्।

केही ठूला लगानीकर्ताको वरपर रहने बजारमा पुन: चलखेल देखिन थालेको विश्लेषकहरू बताउँछन्। अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ। सरकारले पनि पुँजी बजारलाई ध्यानमा राखेर काम गर्ने बताउँदै आइरहेको छ।

images

प्रकाशित : सोमबार, माघ २३ २०७९०३:०३

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ