बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पुन: गतिहीन देखियो सेयर बजार, कारोबार रकमसमेत घट्दो

सोमबार, माघ २३ २०७९
पुन: गतिहीन देखियो सेयर बजार, कारोबार रकमसमेत घट्दो

काठमाडौं- नयाँ सरकार आएसँगै सुधारतर्फ बढेको भनिएको बजार पुन: गतिहीन देखिएको छ। गएको साता ८८.५८ अंकले घटेको सेयर बजारमा यो साता पनि अपेक्षाकृत सुधार हुन सकेको छैन।

साताको पहिलो कारोबारमा आइतबार १.५४ अंकले बढेर बजार २०९६.०८ बिन्दुमा पुगेको थियो। सोमबार बजारमा झिनो अंकको वृद्धि देखिएको छ।

सोमबार ४.५७ अंकले बढेर बजार २१००.६५ बिन्दुमा पुगेको छ। गएको सातादेखि कारोबार रकममा आइरकेको कमी अहिले पनि उचालिन सकेको छैन। सोमबार १ सय ४ कम्पनीको सेयर मूल्य बढ्दा १ अर्ब ४७ करोड ४१ लाख रुपैयाँको मात्र कारोबार भएको छ। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी गरिरहँदा लगानीकर्ता पर्ख र हेरकै अवस्थामा देखिएको विश्लेषकहरू बताउँछन्। तरलता अधिक भएसँगै सेयर बजारको कर्जामा फुकुवा हुने आशमा लगानीकर्ता देखिएका छन्।

केही ठूला लगानीकर्ताको वरपर रहने बजारमा पुन: चलखेल देखिन थालेको विश्लेषकहरू बताउँछन्। अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ। सरकारले पनि पुँजी बजारलाई ध्यानमा राखेर काम गर्ने बताउँदै आइरहेको छ।


प्रकाशित : सोमबार, माघ २३ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend