काठमाडौं- आइतबार तोलामा २ हजार रुपैयाँ घटेको सुनको मूल्य सोमबार भने बढेको छ। आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ५ सय रुपैयाँ बढ्दा चाँदीको मूल्य भने स्थिर छ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबारका लागि छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेर १ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने स्थिर छ। सोमबारका लागि चाँदीको मूल्य १३ सय २० रुपैयाँ तोकिएको छ। आइतबार पनि चाँदी प्रतितोला १३ सय २० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।